Kathmandu Press

साग फुटबल : भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण

काठमाडौं, मंसिर २४ : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले स्वर्ण पदक जितेकाे छ।  

त्रिपुरेश्वरस्थित दश....

साग फुटबल : भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण
रिवाज राई

काठमाडौं, मंसिर २४ : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले स्वर्ण पदक जितेकाे छ।  

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको फाइनलमा भुटानलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले स्वर्ण पदक जितेको हो। नेपालले खेलको १७ औं मिनेटमा अभिषेक रिजालको गोलबाट सुरुवाती अग्रता लिएको थियो। 

तर, खेलको ३७ औं मिनेटमा भुटानका लागि कप्तान चेन्चो ग्याल्सेनले बराबरी गोल फर्काएका थिए। पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलको ५४ औं मिनेटमा सुनिल बलले गोल गर्दै नेपाललाई २–१ को जित दिलाएका हुन्।

प्रकाशित मिति: १६:१७ बजे, मंगलबार, मंसिर २४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्