Kathmandu Press

निरन्तर पाँच दिन बढेको शेयर बजार अब के होला?

काठमाडौं, मंसिर २३ : निर्जीवन बीमा र लघुवित्तमा खरिदकर्ता आक्रामक रुपमा देखिएपछि बजार दिनभर सकारात्मक रह्यो। अन्तिम समयमा भने विक्रेताको चाप रहेक....

निरन्तर पाँच दिन बढेको शेयर बजार अब के होला?

काठमाडौं, मंसिर २३ : निर्जीवन बीमा र लघुवित्तमा खरिदकर्ता आक्रामक रुपमा देखिएपछि बजार दिनभर सकारात्मक रह्यो। अन्तिम समयमा भने विक्रेताको चाप रहेको देखिन्थ्यो। 

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक १३ दशमलव ५१ ले बढेर ११४८ दशमलव ८९ को विन्दुमा बन्द भएको  छ। दोस्रो बजार १ दशमलव १९ प्रतिशतले बढेको छ। 

११३५ दशमलव ३७ को विन्दुमा खुलेको दोस्रो बजार ११५५ दशमलव ०६ को उच्च विन्दुसम्म पुगेको थियो। कारोबार रकम पनि आइतबारभन्दा वृद्धि भएको छ। बजारको न्यून विन्दु ११३२ दशमलव ८८ रहँदा दिनभरमा ४६ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

Hardik ivf

आजको बजार अवस्था  

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको शेयर किनबेच भएको छ। नेपाल बैंक लिमिटेडको २ करोड ३० लाख बराबरको शेयर किनबेच भएको छ। 


आज सर्वाधिक कमाउने र गुमाउने 
आज समिट लघुवित्तका शेयरधनीले सर्वाधिक १० प्रतिशतले कमाए भने नबिल इक्वीटी फण्डका इकाइधनीले सर्वाधिक ५ दशमलव ७४ प्रतिशतले गुमाए।


लाभांश गतिविधि

बुटवल पावर कम्पनी लिमिटेडको सञ्चालक समितिले १० प्रतिशत बोनश शेयर  र १८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।

छोटो समयावधिको प्राविधिक विश्लेषण 

अघिल्लो दिनको निष्कर्ष अनुसार यदि बजार ११५२ भन्दा माथि स्थिर रहेमा बजार अझ केही सकारात्मक हुन सक्ने संकेत गर्दछ भनिएको थियो। आज बजार यो विन्दुभन्दा माथि गएपनि स्थिर रहन नसकेको र नेप्से परिसूचक ११४८ दशमलव ८९ विन्दुमा बन्द भएको छ। 

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति


चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार बजार हाल बढेर बलियो प्रतिरोध क्षेत्रमा रहेको देखिन्छ। यो क्षेत्रमा लगानीकर्ताले नाफा सुरक्षित गर्न सक्ने सम्भावना रहन्छ। आज बजारले ‘बुलिस’ मैनबत्ती आकृति बनाएको छ। यसले बजारमा विक्रेताभन्दा क्रेता हाबी रहेको सकेत गर्दछ। अन्तिम दिनको मैनबत्तीलाई परिमाणले पनि समर्थन गरेको देखिन्छ।  

चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, विगत दुई कारोबार दिनदेखि बजारको उतारचढाव कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो दिन प्रवृत्तिहीन रहेको बजार आज बढ्दो प्रवृत्तिमा रहेकोे देखिन्छ। 

२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले अघिल्लो दिनको अन्तिम कारोबार समयमा ‘गोल्डन क्रस’ बनाएबापत आज बजार सकारात्मक रहेको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ५६ दशमलव ६६ अंकमा रहेको छ। कारोबारको अन्तिम समयमा आरएसआईको प्रवृत्ति र स्टोकास्टिक अक्सिलेटरले बजारमा विक्रेताको चाप रहेको र अर्को कारोबार दिनको पहिलो समयमा बजार सच्चिन सक्ने संकेत गरेको छ।  

निष्कर्ष : माथि उल्लेखित छोटो समयावधिको बजार प्रवृत्ति र सूचकहरु हाल बलियो प्रतिरोध क्षेत्रमा रहेको देखिए पनि यदि बजार ११५५ भन्दा माथि स्थिर रहेमा बजार अझ केही सकारात्मक हुन सक्ने संकेत गर्दछ। त्यस्तै, यदि बजार ११२५ भन्दा तल स्थिर रहेमा बजार केही सच्चिन सक्ने संकेत गरेको देखिन्छ। 


 

प्रकाशित मिति: १८:४१ बजे, सोमबार, मंसिर २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्