Kathmandu Press

२० वर्षपछि बक्सिङमा नेपाललाई स्वर्ण

काठमाडौं, मंसिर २३ : १३ औं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत बक्सिङ खेलमा नेपालले २० वर्षपछि स्वर्ण पदक जितेको छ।

सातदोबाटोमा सोमबार....

२० वर्षपछि बक्सिङमा नेपाललाई स्वर्ण

काठमाडौं, मंसिर २३ : १३ औं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत बक्सिङ खेलमा नेपालले २० वर्षपछि स्वर्ण पदक जितेको छ।

सातदोबाटोमा सोमबार भएको फाइनलमा भारतीय खेलाडीलाई पराजित गर्दै मिनु गुरुङले नेपाललाई स्वर्ण पदक दिलाएकी हुन्। ५४ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी मिनुले भारतीय खेलाडी शिक्षालाई पराजित गर्दै स्वर्ण जितेकी हुन्। 

यसअघि नेपालले सन् १९९९ काठमाडौंमा भएको आठौं सागमा बक्सिङतर्फ दुई वटा स्वर्ण जितेको थियो।  त्यतिबेला नेपालका लागि प्रकाश थापा मगर र रामचन्द्र थापा मगरले स्वर्ण जितेका थिए। 

प्रकाशित मिति: १६:१६ बजे, सोमबार, मंसिर २३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्