Kathmandu Press

नेपालगन्जमा बढे डेंगुका बिरामी

कोभिडका बिरामी बढेपछि अस्पतालले छुट्टै वार्ड बनाएकोमा डेङ्गुलगायतका बिरामी बढेपछि उक्त वार्डमा ती बिरामीलाई राखिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. बद्री चापागाईंले बताए।
नेपालगन्जमा बढे डेंगुका बिरामी

नेपालगञ्ज, असाेज ८ : नेपालगञ्जको भेरी अस्पतालले कोभिडका लागि छुट्याएको वार्डमा डेङ्गुलगायत बिरामी राखेको छ। यहाँ डेङ्गुको बिरामी ४६ जना छन् ।  

कोभिडका बिरामी बढेपछि अस्पतालले छुट्टै वार्ड बनाएकोमा डेङ्गुलगायतका बिरामी बढेपछि उक्त वार्डमा ती बिरामीलाई राखिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. बद्री चापागाईंले बताए।

उनले भने, 'यो बिरामी बढ्ने मौसम हो। बिरामी बढेर राख्ने ठाउँ छैन। अस्पतालमा एक सय ५० शय्या छ। ठाउँ नभएपछि कुरुवाका लागि बनाइएको बेन्च, कुर्सीमा बिरामी बसेका छन्।'

अस्पतालमा डेङ्गुलगायतका बिरामी बढेपछि रिफर गर्ने क्रम बढेको छ। एकै दिन अस्पतालमा पुगेर दर्जनभन्दा बढी फर्किरहेका छन्। पश्चिमको रिफरल सेन्टर मानिने भेरीमा डेङ्गुबाट दुई जनाको मृत्यु भइसकेको छ।

यसैबीच, नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा डेङ्गु रोग रोकथाम तथा नियन्त्रणका लागि सरोकारवाला बीचलाई सचेत गराउँदै आएको उपमेयर कमरुद्दिन राईले जानकारी दिए। 

प्रकाशित मिति: १६:२९ बजे, शनिबार, असोज ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्