शेयर बजार आज पनि सकारात्मक, अब के होला?
काठमाडौं, मंसिर १९ : नेप्से परिसूचक ७ दशमलव ४५ ले बढेर ११३१ दशमलव ९२ को विन्दुमा बन्द भएको छ। दोस्रो बजार ० दशमलव ६६ प्रतिशतले बढेको छ।
काठमाडौं, मंसिर १९ : नेप्से परिसूचक ७ दशमलव ४५ ले बढेर ११३१ दशमलव ९२ को विन्दुमा बन्द भएको छ। दोस्रो बजार ० दशमलव ६६ प्रतिशतले बढेको छ।
११२४ दशमलव ४७ को विन्दुमा खुलेको दोस्रो बजार ११३४ दशमलव ९४ को उच्च विन्दुसम्म पुगेको थियो। कारोबार रकम पनि बुधबारको तुलनामा वृद्धि भएको छ।
बजारको न्यून विन्दु ११२४ दशमलव ४४ रहँदा दिनभरमा ३५ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
आजको बजार अवस्था
आज सर्वाधिक कारोबार हुने
आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको शेयर किनबेच भएको छ। नेपाल लाइफ इन्योरेन्सको ३ करोड ५१ लाख बराबरको शेयर किनबेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज समिट लघुवित्तका शेयरधनीले सर्वाधिक ७ दशमलव ७८ प्रतिशतले कमाए भने दिव्यश्वरी हाइड्रोपावरका शेयरधनीले सर्वाधिक ७ दशमलव ०१ प्रतिशतले गुमाए।
लाभांश गतिविधि
ज्योति विकास बैंकको सञ्चालक समितिले १२ दशमलव ७५ प्रतिशत बोनश सेयर प्रस्ताव गरेको छ।
छोटो समयावधिको प्राविधिक विश्लेषण
अघिल्लो कारोबार दिनको विश्लेषण अनुसार बजार हाल प्रतिरोध क्षेत्रमा प्रवेश गर्न थालेको देखिन्छ भनिएको थियो। आज बजार यही प्रतिरोध क्षेत्रमा रहेको छ। बजार ११३१ दशमलव ९२ विन्दुमा बन्द भएको छ।
चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार बजार हाल बढेर प्रतिरोध क्षेत्रमा रहेको देखिन्छ। आज बजारले बुलिस मैनबत्ती आकृति बनाएको छ। यसले बजारमा क्रेताको चाप रहेको संकेत गरेको छ। आजको परिमाणले पनि आजको मैनबत्तीलाई समर्थन गरेको देखिन्छ।
चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, विगत दुई कारोबार दिनदेखि बजारको उतारचढाव कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। हिजो र आज बजार बढ्दो प्रवृत्तिमा रहेको छ र साथै “हेड एण्ड सोल्डर”को आकृति बनाउन थालेको देखिन्छ।
२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरु फराकिलो भएकोले बजार सकारात्मक रहेको संकेत गरेको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ५९ दशमलव १० अंकमा रहेको छ। कारोबारको अन्तिम समयमा आरएसआईको प्रवृत्ति र स्टोकास्टिक अक्सिलेटरले बजार केही सच्चिन सक्ने संकेत गरेको छ।
निष्कर्ष : माथि उल्लेखित छोटो समयावधिको बजार प्रवृत्ति र सूचकहरुलाई समग्र रुपमा हेर्दा बजार हाल प्रतिरोध क्षेत्रमा रहेकाले लगानीकर्ता केही सजग हुनु पर्ने देखिन्छ। तर यदि बजार ११५२ भन्दा माथि स्थिर रहेमा बजार अझ केही सकारात्मक हुन सक्ने संकेत गर्दछ। चित्र नं. २ मा देखिए बमोजिम यदि बजारले तल्लो प्रवृत्ति रेखालाई तोडेमा बजार केही सच्चिन सक्ने देखिन्छ।