Kathmandu Press

स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्रका बनाउन विवरण सङ्कलन

धनुषा, भदौ ३० : राष्ट्रिय परिचयपत्रको लागि फारम भर्न सेवाग्राहीले सास्ती खेप्नुपरेको गुनासो बढेपछि धनुषाको स्थानीय तहबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन शुरु...
स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्रका बनाउन विवरण सङ्कलन
Hardik ivfHardik ivf

धनुषा, भदौ ३० : राष्ट्रिय परिचयपत्रको लागि फारम भर्न सेवाग्राहीले सास्ती खेप्नुपरेको गुनासो बढेपछि धनुषाको स्थानीय तहबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन शुरु गरिएको छ।

बुधबारदेखि क्षीरेश्वरनाथ नगरपालिकाबाट विवरण सङ्कलन शुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत कन्हैया मिश्राले जानकारी दिए। मिश्राले सेवाग्राहीलाई सहज हुने हिसाबले टोकन वितरण गरेर सोहीअनुसार आवश्यक विवरण जुटाउने काम भइरहेको बताए। जिल्लाको १६ वटा स्थानीय तहबाट विवरण सङ्कलन शुरु गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए।

उनले जिल्लाका १८ स्थानीय तहमध्ये १६ वटामा विवरण सङ्कलन कार्य शुरु गरिएको बताए। बाँकी स्थानीय तहमा छिट्टै व्यवस्थापन गरिने उनको भनाइ छ।

स्थानीय तहसँग समन्वय गरी सबैलाई पायक पर्ने स्थानमा केन्द्र स्थापना गरेर कम्प्युटरलगायत उपकरणसहित तत्काललाई एक–एक कर्मचारी खटाइएको छ। सो स्थानबाट फारम भर्ने भौचर बुझ्ने कार्य भइरहेको छ।

इपासपोर्ट बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको र सरकारबाट प्राप्त हुने अन्य सेवा यसकै आधारमा प्रवाह गर्ने लक्ष्यबमोजिम स्थानीय तहबाट विवरण सङ्कलन थालिएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए।

प्रकाशित मिति: ०९:०२ बजे, बिहीबार, भदौ ३०, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्