Kathmandu Press

विवाह गर्दै कमल खत्री र मेलिना मैनाली 

विवाह गर्दै कमल खत्री र मेलिना मैनाली 

काठमाडौ, भदौ २६ : गायक कमल खत्री र गायिका मेलिना मैनाली वैवाहिक बन्धनमा बाधिने भएका छन् ।

आइतवार सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै मेलिनाले खत्रीसँग इन्गेजमेन्ट गरेको जानकारी गराएकी हुन् । 

Hardik ivf

उनले फेसबुकमा लेखेकी छिन्, ‘जीवनको नयाँ अध्यायको सुरुवात तिमीसँग हुनु नै मेरो जीवनकै सुखद पक्ष हो । चाहना यति छ कि साथ तिम्रो होस् र जीवन कहिले खतम नहोस् । 

जीवनको हरेक उतारचढावमा सदैव एकअर्काको साथमा रहने वाचा गर्दै हामीले रीतिरिवाजअनुसार इन्गेजमेन्ट गरेका छौँ ।’ कमल र मेलिनाको प्रेम सम्बन्धबारे सामाजिक सञ्जालमा चर्चा हुँदै आएको थियो । 

प्रकाशित मिति: १९:५६ बजे, आइतबार, भदौ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्