Kathmandu Press

त्रकारद्वय धमला र सुवेदीलाई यमन इन्टरटेन्मेन्टको सम्मान

काठमाडौं, भदाै २५ : नेपाली मनोरञ्जनको क्षेत्रमा विविध क्रियाकलापका साथ सक्रिय यमन इन्टरटेन्मेन्ट प्रालिले पत्रकारद्वय ऋषि धमला र प्रकाश सुबेदीलाई सम्मान गरेको छ।गीतकार...
त्रकारद्वय धमला र सुवेदीलाई यमन इन्टरटेन्मेन्टको सम्मान

काठमाडौं, भदाै २५ : नेपाली मनोरञ्जनको क्षेत्रमा विविध क्रियाकलापका साथ सक्रिय यमन इन्टरटेन्मेन्ट प्रालिले पत्रकारद्वय ऋषि धमला र प्रकाश सुबेदीलाई सम्मान गरेको छ।

गीतकार निर्मला थपलियाद्वारा लिखित गीति संग्रह 'सपनाको संसार'को लोकार्पण तथा सोही गीति संग्रहमा संग्रहित 'आमा' बोलको गीतको भिडियो सार्वजनिक समारोहमा पत्रकारद्वय धमला र सुबेदी सम्मानित भएका हुन्।

Hardik ivf

सार्वजनिक गरिएको भिडियोको गीतमा तारावीर पाण्डेको संगीत तथा प्रमोद खरेलको स्व रहेको छ। संगीतकार पाण्डेले नै निर्देशन गरेको भिडियोमा सरिता लामिछाने, एलेक्स खड्का, ड्रिम दुलाल, मौसम खड्का र सरु पुरीको मर्मस्पर्शी अभिनय समेटिएको छ भने ज्ञानेन्द्र शर्मा हुमागाईको छायांकन रहेको छ।

उक्त समारोहमा भिडियो हेरेका सबैले गीत, संगीत, स्वर तथा भिडियोको खुलेर तारिफ गरेका थिए। सम्मानित पत्रकार धमलाले आफू ७ वर्षको हुँदा आमा गुमाएको स्मरण गर्दै आमा बोलको भिडियो विमोचन समारोहमा सम्मानित हुन पाउँदा अत्यन्तै गौरवको महसुस भएको बताएका थिए भने सुबेदीले पनि आमा शब्दभित्र सम्पूर्ण संसार रहेको बताएका थिए।  आफ्नो प्रतिक्रिया दिने क्रममा धमला र सुवेदीले एकले अर्काको प्रशंसा गरेका थिए।

कार्यक्रमको प्रमुख अतिथि रहेका वरिष्ठ कवि तथा गीतकार अमर बान्तुले उद्घाटन पश्चात शिव ताण्डव वाचन गर्दा माहोल रोमाञ्चक बनेको थियो। प्रमुख अतिथि बान्तुले गीतकार थपलियाले लेखेका विभिन्न गीतहरु वाचन गर्दै उनको उज्जवल भविष्यको कामना गरेका थिए।

सञ्चारकर्मीहरुको समेत बाक्लो उपस्थिति रहेको कार्यक्रममा गायक प्रमोद खरेल, गायिका प्रविशा अधिकारी लगायतका चर्चित कलाकारहरुको उपस्थिति रहेको यिथयो भने विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो।

यमन इन्टरटेन्मेन्टकी सञ्चालिका पारिजात बरालको सभापतित्वमा भएको कार्यक्रम गायक, संगीतकार तथा भिडियो निर्देशक पाण्डेले नै सञ्चालन गरेका थिए।  

प्रकाशित मिति: १८:१८ बजे, शनिबार, भदौ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्