Kathmandu Press

पत्रकार श्रेष्ठलाई निर्देशक सुदर्शन थापाले दिए कानकाे जाली फुटाइदिने धम्की, पत्रकार महासंघको ध्यानाकर्षण 

काठमाडौं, भदौ २१ : समाचार प्रकाशनको विषयमा चत्रचित्र पत्रकार सुजन श्रेष्ठलाई निर्देशक सुदर्शन थापाले गरेको गाली गलौजप्रति नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिले...
पत्रकार श्रेष्ठलाई निर्देशक सुदर्शन थापाले दिए कानकाे जाली फुटाइदिने धम्की, पत्रकार महासंघको ध्यानाकर्षण 

काठमाडौं, भदौ २१ : समाचार प्रकाशनको विषयमा चत्रचित्र पत्रकार सुजन श्रेष्ठलाई निर्देशक सुदर्शन थापाले गरेको गाली गलौजप्रति नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

प्रदेश समितिका महासचिव रोयल आचार्यले एक बिज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । थापाद्वारा निर्देशित चलचित्र ‘सम्हालिन्छ कहिले मन’ हेर्न दर्शक नआएको नौलोन्यूज डटकममा समाचार लेखेका पत्रकार थापालाई प्रकाशित समाचारको बिषयलाई लिएर थापाले फोन गरेर ‘कानको जाली फुटाइदिन्छु’ भन्ने शब्द प्रयोग गर्दै धम्कीपूर्ण गालीगलौज गरेका थिए । 

चलचित्र आफैमा सुचना, सन्देश र अभिव्यक्तिको संवाहक रहँदा र चलचित्र क्षेत्रमै सेल्फ सेन्सरसीपको माग भइरहँदा चलचित्रमा स्थापित व्यक्तिबाट धम्की आउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप भएको महासंघ प्रदेश समितिले ठहर समेत गरेको छ । 

यस्तै संविधानले सुनिश्चित गरेको पत्रकारको अधिकारको सम्मान गरी यस्ता घटना नदोहोर्‍याउन चेतावनी समेत दिएको छ । 

प्रकाशित मिति: २०:३५ बजे, मंगलबार, भदौ २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्