तलतको अलराउन्ड प्रदर्शनमा चितवनमाथि कर्णालीको जित
कर्णालीको जितमा लागि तललते ब्याटिङमा अर्धशतक बनाए भने बलिङमा पनि ३ विकेट लिए। उनी नै प्लेयर अफ दी म्याच बने।
काठमाडाैं, कात्तिक २९ : हुसेन तलतले अलराउन्ड प्रदर्शन गरेपछि लिगको अन्तिम खेलमा कर्णालील याक्स विजयी भएको छ। आइतबार भएको खेलमा कर्णालीले चितवन राइनोजलाई २४ रनले हरायो।
कर्णालीको जितमा लागि तललते ब्याटिङमा अर्धशतक बनाए भने बलिङमा पनि ३ विकेट लिए। उनी नै प्लेयर अफ दी म्याच बने।
हारपछि पनि चितवन लिगको चौथो स्थानमा रहँदै प्लेअफमा पुगेको छ भने कर्णाली यसअघि नै बाहिरिसकेको थियो। कर्णालीको यो लगतार चार हारपछिको जित हो। उसले लिगमा ३ जित निकाल्न सक्यो।
१५४ रनको लक्ष्य पछ्याएको चितवनले १९.१ ओभरमा १२९ रनमा अलआउट भयो। उसका लािग एनपीएलमा डेब्यु गरेका पाकिस्तानका उसामा मिरले नटआउट २८ रन बनाए। भने कमिल मिश्राले २५, कुशल मल्लले १८ र देव खनालले १४ रन बनाए।
बलिङका कर्णालीका लागि हुसेन तलतले ३.१ ओभरमा १७ रन खर्चेर ३ विकेट लिँदा मार्क वाट र पवन सर्राफले समान २ विकेट लिए।
कीर्तिपुरस्थित टियू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनायो। उसका लागि तलतले ३३ बलमा २ चौका र ३ छक्का मद्दतमा नटआउट ५१ रनको पारी खेले।
यस्तै, ओपनर अरिफुल इस्लामले १५ बलमा ४ चौका र २ छक्कासहित ३५ रन बनाउँदा गुल्सन झाले ६ बलमा १८ रन बनाए। पवन सर्राफले १५, दीपक दुम्रेले १० रन बनाउँदा कप्तान डेविड मिलरले भने ८ बलमा ५ रन मात्र बनाउन सके।
बलिङमा चितवनका कमल ऐरी, सलाहुद्दिन खान र उसामा मिरले समान २ विकेट लिए। सिकन्दर रजाले १ तथा रिजन ढकालले १ विकेट हात पारे।






