Kathmandu Press

वीरगञ्जको घडिअर्वा पोखरीमा छठ पूजामा सहभागी भए सभामुख अर्याल

छठ पर्वका अवसरमा सभामुख अर्यालले घडिअर्वा पोखरीमा पुगेर पूजाको अवलोकन गरेका छन् । उनले त्यहाँ उपस्थित स्थानीय श्रद्धालुहरूसँग भेटघाटसमेत गरेका छन् ।
वीरगञ्जको घडिअर्वा पोखरीमा छठ पूजामा सहभागी भए सभामुख अर्याल

पर्सा, कात्तिक २९ : प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल छठ पर्वको अवसरमा वीरगञ्जस्थित ऐतिहासिक घडिअर्वा पोखरीमा आयोजित छठ पूजामा सहभागी भएका छन् ।

छठ पर्वका अवसरमा सभामुख अर्यालले घडिअर्वा पोखरीमा पुगेर पूजाको अवलोकन गरेका छन् । उनले त्यहाँ उपस्थित स्थानीय श्रद्धालुहरूसँग भेटघाटसमेत गरेका छन् ।

श्रद्धा, आस्था र सांस्कृतिक परम्परासँग जोडिएको छठ पर्वका अवसरमा घडिअर्वा पोखरीमा भक्तजनहरूको उपस्थिति रहेको थियो । अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्पराअनुसार श्रद्धालुहरूले पोखरीमा पूजा आराधना गरेका छन् ।

प्रकाशित मिति: १७:०० बजे, आइतबार, कात्तिक २९, २०८३