Kathmandu Press

मधेशका मुख्यमन्त्री राउत फेरि प्रदेशमै सिफारिश

वीरगञ्ज, भदौ १९ : जनता समाजवादी पार्टी (जसपा) ले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई फेरि प्रदेशमै उम्मेदवार सिफारिश गरेको छ।जसपाको क्षेत्रीय समितिले राउतलाई...
मधेशका मुख्यमन्त्री राउत फेरि प्रदेशमै सिफारिश

वीरगञ्ज, भदौ १९ : जनता समाजवादी पार्टी (जसपा) ले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई फेरि प्रदेशमै उम्मेदवार सिफारिश गरेको छ।

जसपाको क्षेत्रीय समितिले राउतलाई पर्सा क्षेत्र नं. १ (ख) बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवार सिफारिश गरेको हो। गत निर्वाचनमा पनि उनी यहि क्षेत्रबाट विर्नाचित भएका थिए।

आसन्न प्रदेश सभा निर्वाचनका लागि मुख्यमन्त्री राउतलाई पर्सा क्षेत्र नं १ (ख) बाट प्रदेश सभा सदस्यका लागि सर्वसम्मत रुपमा सिफारिश गरिएको जसपा पर्साका सचिव तबरेज आलमले बताए।

त्यस्तै, जसपा अध्यक्ष उपेन्द्र यादव पर्सा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिश भएका छन्। जसपाका केन्द्रीय सदस्य प्रदीप यादवलाई पर्सा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिश गरिएको आलमले बताए।

 

प्रकाशित मिति: ०८:३३ बजे, आइतबार, भदौ १९, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्