Kathmandu Press

सिद्धार्थ आर्ट ग्यालरीमा बंगाली कला प्रदर्शनी

काठमाडाैं, भदाै १८ : नेपाल–बंगलादेश कूटनीतिक सम्बन्ध भएको ५० वर्षका अवसरमा ‘स्पिरिट अफ फ्रेन्डसिप’ विषयक कला प्रदर्शनी आयोजना गरिएको छ ।सिद्धार्थ आर्ट ग्यालरीमा...
सिद्धार्थ आर्ट ग्यालरीमा बंगाली कला प्रदर्शनी

काठमाडाैं, भदाै १८ : नेपाल–बंगलादेश कूटनीतिक सम्बन्ध भएको ५० वर्षका अवसरमा ‘स्पिरिट अफ फ्रेन्डसिप’ विषयक कला प्रदर्शनी आयोजना गरिएको छ ।

सिद्धार्थ आर्ट ग्यालरीमा आयोजित प्रदर्शनी नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले आज उद्घाटन गरेका हुन्। कार्यक्रममा नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरी पनि सहभागी भए। 

यही भदौ २७ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा बंगलादेशको आदिवासी कलाकार मोङ मोङ सो, लुम्बिनी दिवान, नोमोस्ता नेवा, सुदीप चक्मा, पिङकु त्रिपुरा र मुन्नाबोङ तथा मैदानी कलाकार विश्वजित गोस्वामी, अजमिर हुसेन र सौरभ चौधरीको कला राखिएको छ।

प्रकाशित मिति: १८:२४ बजे, शनिबार, भदौ १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्