Kathmandu Press

मदन पुरस्कार विजेता साहित्यकार जोशीको नयाँ कृति ‘बाआमा’ विमोचन

काठमाडाैं, भदाै १७ : मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीको नयाँ कृति बाआमा विमोचन भएको छ।शुक्रबार प्रज्ञाप्रतिष्ठानको डबलीमा कांग्रेसका महामन्त्री गगन थापा, नायक...
मदन पुरस्कार विजेता साहित्यकार जोशीको नयाँ कृति ‘बाआमा’ विमोचन

काठमाडाैं, भदाै १७ : मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीको नयाँ कृति बाआमा विमोचन भएको छ।

शुक्रबार प्रज्ञाप्रतिष्ठानको डबलीमा कांग्रेसका महामन्त्री गगन थापा, नायक राजेश हमाल, साहित्यकार नयनराज पाण्डे लगाएतले संयुक्त रुपमा उक्त कृति लोकार्पण गरेका हुन्।

उक्त कृतिलाई बुकहिल प्रकाशक गरेको हो। कृति विमोचन गर्दै कांग्रेस महामन्त्री थापाले बाआमा भित्र आफ्नै कथा समेटिएको अनुभव भएको बताए। विश्वास र यथार्थको सम्मेलनबाट नै सत्य स्थापित हुने कुरा कृतिमा उल्लेख गरिएको उनले बताए।

विमोचन कार्यक्रममा लेखक जोशीले आफू शिक्षक पेशाबाट लेखक बनेको भन्दै सवैको साथ र समर्थन पाएको जिकिर गरे। ‘बाआमा’ साहित्यकार जोशीको तेस्रो कृति हो।

यसअघि उनले ‘ऐना’ र ‘सखी’ प्रकाशित गरिसकेका छन् भने ‘ऐना’ले मदन पुरस्कारसमेत जितेको थियो।

प्रकाशित मिति: १७:४८ बजे, शुक्रबार, भदौ १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्