Kathmandu Press

मुन्नाले २२ दिनमा पूरा गरे १,०६० किलोमिटरको पैदलयात्रा

पर्सा, भदाै १२ : नेपाल र भारतबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउनुपर्ने सन्देश प्रवाह गर्न पर्साको  वीरगञ्जदेखि भारतको दिल्लीसम्म सुरु गरिएको पैदलयात्रा २२ दिनमा पूरा...
मुन्नाले २२ दिनमा पूरा गरे १,०६० किलोमिटरको पैदलयात्रा

पर्सा, भदाै १२ : नेपाल र भारतबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउनुपर्ने सन्देश प्रवाह गर्न पर्साको  वीरगञ्जदेखि भारतको दिल्लीसम्म सुरु गरिएको पैदलयात्रा २२ दिनमा पूरा भएको छ।

वीरगञ्जका युवा शेष मुन्नाले एक हजार ६० किलोमिटर पैदलयात्रा गत साउन २१ गते  शुभारम्भ गरेका थिए। 

वीरगञ्ज महानगरपालिका–२ छपकैया निवासी ३० वर्षीय मुन्नाले नेपाल र भारतको रोटीबेटीको सम्बन्धलाई अझै प्रगाढ बनाउन पैदलयात्रा शुभारम्भ गिरएकाे थियो।

२२ दिनमा उक्त दूरी पार गर्दै भारतको दिल्लीस्थित इन्डिया गेट पुगेका मुन्नालाई दिल्लीका केही सामाजिक अभियानताले माला लगाएर स्वागत गरेका थिए।

प्रकाशित मिति: १४:४३ बजे, आइतबार, भदौ १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्