Kathmandu Press

नेता गिरिको निर्वाचन क्षेत्रमा शोक बिदा

लहान, भदौ ६ : नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनमा सिरहाको कल्याणपुर नगरपालिकाले आज शोक बिदा दिएको छ।कल्याणपुर नगरपालिकाका प्रमुख...
नेता गिरिको निर्वाचन क्षेत्रमा शोक बिदा

लहान, भदौ ६ : नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनमा सिरहाको कल्याणपुर नगरपालिकाले आज शोक बिदा दिएको छ।

कल्याणपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु रन्जन बरालद्वारा जारी सूचनामा नेता गिरिको निधनमा नगरपालिकाले शोक बिदा दिएको उल्लेख छ।

Hardik ivf

लहान नगरपालिका–१४ निवासी गिरीको निधनमा लहानले आइतबार सार्वजनिक बिदा दिएको थियो।

भारतको मुम्बईमा क्यान्सरको उपचार गरेर फर्किएका गिरीको स्वास्थ्यमा समस्या देखिएपछि साउन दोस्रो साता मेडिसिटी अस्पताल नख्खुमा भर्ना गरिएको थियो। उनको शनिबार राति उपचारकै क्रममा निधन भएको थियो।

प्रकाशित मिति: ०८:२१ बजे, सोमबार, भदौ ६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्