बस र अटो रिक्सा ठोक्किँदा रौतहटमा तीन जनाको मृत्यु
रौतहट, भदौ २ : रौतहटको चन्द्रपुर नगरपालिका–२ लच्कामा आज बिहान बस र अटो रिक्सा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालयका अनुसार...
रौतहट, भदौ २ : रौतहटको चन्द्रपुर नगरपालिका–२ लच्कामा आज बिहान बस र अटो रिक्सा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा सर्लाहीको बागमती नगरपालिका–२ का ४९ वर्षीय ढकबहादुर लुंगेली मगर, ३९ वर्षीय प्रेम ठाडा मगर र अटो चालक ३९ वर्षीय रवि मगरको मृत्यु भएको छ।
काठमाडौंबाट सर्लाहीका लागि छुटेको बागमती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो आज बिहान ५ बजे चन्द्रपुरको लच्कामा ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा सबिना लुंगेली मगर घाइते भएकी छन्। उनको वीरगञ्जमा उपचार भइरहेको छ। बस चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रकाशित मिति: ०९:१२ बजे, बिहीबार, भदौ २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार