Kathmandu Press

बास नपाउँदा परीक्षा दिन आएका विद्यार्थीले खुला चौरमा काटे रात

महोत्तरी, साउन २८ : आज (शनिबार) बिहान भएको निम्नमाध्यमिक विद्यालयको शिक्षक अनुमति पत्र (लाइसेन्स) को परीक्षा दिन विभिन्न जिल्लाबाट महोत्तरीको सदरमुकाम जलेश्वर आएका...
बास नपाउँदा परीक्षा दिन आएका विद्यार्थीले खुला चौरमा काटे रात

महोत्तरी, साउन २८ : आज (शनिबार) बिहान भएको निम्नमाध्यमिक विद्यालयको शिक्षक अनुमति पत्र (लाइसेन्स) को परीक्षा दिन विभिन्न जिल्लाबाट महोत्तरीको सदरमुकाम जलेश्वर आएका सयौं विद्यार्थी बास नपाउँदा खुल्ला चौरमा रात काट्न बाध्य भएका छन्।

मधेस प्रदेशका विभिन्न जिल्लाबाट शुक्रबार जलेश्वरमा आएका परीक्षार्थीहरुले जलेश्वरमा पर्याप्त होटल, लाज, धर्मशाला तथा अन्य बासस्थानको सुविधा नभएका कारण खुला चौरमा बसेर रात बिताउनुपरेको गुनासो गरे।

Hardik ivf

जलेश्वर रङ्गशालाको खुल्ला चौर, मनिपाल कलेजको खुल्ला चौर, महादेव मन्दिरको खुल्ला मैदानलगायत स्थानमा आफूहरुले रात बिताएको उनीहरुले बताए।

बासस्थान नपाएका केही विद्यार्थीहरुलाई नगर प्रमुख सुरेश साह सोनारको पहलमा कबर्ड हल, पगला बाबा धर्मशालालगायत स्थानमा बासको व्यवस्था मिलाइए पनि हजारौँको सङ्ख्यामा आएका परीक्षार्थी तथा तिनका अभिभावकका लागि बासस्थानको अभाव हुन पुगेको थियो।

प्रकाशित मिति: १६:०८ बजे, शनिबार, साउन २८, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्