Kathmandu Press

सप्तरीमा आगलागीबाट ११ घर नष्ट

सप्तरी, साउन २६ : सप्तरीको डाक्नेश्वरी नगरपालिकाको दलित बस्तीमा आगलागी हुँदा लाखौंको क्षति भएको छ।डाक्नेश्वरी नगरपालिका–३ स्थित दलित बस्तीमा भएको आगलागीमा ११ परिवारको...
सप्तरीमा आगलागीबाट ११ घर नष्ट

सप्तरी, साउन २६ : सप्तरीको डाक्नेश्वरी नगरपालिकाको दलित बस्तीमा आगलागी हुँदा लाखौंको क्षति भएको छ।

डाक्नेश्वरी नगरपालिका–३ स्थित दलित बस्तीमा भएको आगलागीमा ११ परिवारको घर जलेर नष्ट भएको उपमेयर मीरा यादवले जानकारी दिइन्।

Hardik ivf

आगलागीबाट  गुलदेव सदा, वासुदेव सदा, कैलु सदा, रामसुन्दर सदा, भिखारी सदा, नेहारी सदा, गौतम सदा, सोनी सदा, चन्दन सदा, श्रवण सदा र श्याम सदाको घर जलेर नष्ट भएको उपमेयर यादवले बताइन्।

आगलागीबाट घर, खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, फर्निचर र पशु चौपायासहित लाखौँको धनमाल जलेर नष्ट भएको पीडितले बताएका छन्।

आगलागीबाट घरसहित सरसामान जलेर नष्ट भएपछि पीडित परिवारले राहतको माग गरेका छन्।

प्रकाशित मिति: ०७:०४ बजे, बिहीबार, साउन २६, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्