राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको आइपिओ बाँडफाँट
काठमाडौं, साउन ९ : राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आइपिओ बाँडफाँट भएको छ।बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आज (सोमबार) बिहान कम्पनीको आइपिओ बाँडफाँट गरेको...
काठमाडौं, साउन ९ : राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आइपिओ बाँडफाँट भएको छ।
बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आज (सोमबार) बिहान कम्पनीको आइपिओ बाँडफाँट गरेको हो। कम्पनीले असार २९ देखि साउन १ सम्म सर्वसाधारणका लागि २३ लाख ६६ हजार २ सय ४० कित्ता आइपिओ बिक्री खुला गरेको थियो।
जसमध्ये १ लाख १८ हजार ३ सय १२ कित्ता सामूहिक लगानी कोषहरू र ७० हजार ९ सय ८८ कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको थियो। बाँकी २१ लाख ७६ हजार ९ सय ४० कित्ताको लागि सर्बसाधारणबाट आवेदन माग गरेको थियो।
१४ लाख ९१ हजार ७ सय २२ जनाबाट १ करोड ६२ लाख ७६ हजार ६ सय १० कित्ताको आवेदन परे पनि १४ सय २४ जनाको आवेदन रद्द हुँदा १४ लाख ९० हजार २ सय ९८ जना आवेदको आवेदन सदर भएको जनाइएको छ।
योग्य आवेदकमध्ये गोलाप्रथाबाट २ लाख १७ हजार ६ सय ९४ जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी २९ करोड ४१ लाख ४१ हजार बराबरको २९ लाख ४१ लाख ४१ हजार कित्ता सेयर निष्कासन अनुमति पाएको थियो। जसमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको बिक्री नभएको ३७ हजार ६२३ कित्तासमेत जोडेर कम्पनीले सर्वसाधारणलाई आइपीओ निष्कासन गरेको हो।
कम्पनीले पूर्वी रूकुमको सिस्ने र भुमे गाउँपालिकामा पर्ने रूकुमगाड खोलाबाट ५ मेगावाट क्षमताको रूकुमगाड जलविद्युत आयोजना निर्माण गरिरहेको छ।



-(56)-1764919423.jpg)






