Kathmandu Press

धौलागिरि लघुवित्तले साउन २४ देखि आइपिओ जारी गर्ने

काठमाडाैं, साउन ८ : धौलागिरि लघुवित्तले साउन २४ देखि आइपिओ जारी गर्ने भएको छ। यो आइपिओका लािग सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ।कम्पनीले प्रतिकित्ता...
धौलागिरि लघुवित्तले साउन २४ देखि आइपिओ जारी गर्ने

काठमाडाैं, साउन ८ : धौलागिरि लघुवित्तले साउन २४ देखि आइपिओ जारी गर्ने भएको छ। यो आइपिओका लािग सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आइपिओ जारी गर्न लागेको हो।

जसमध्ये १६ हजार ५५० कित्ता सामूहिक लगानी कोष र ५ हजार १५५ कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको छ। बाँकी ३ लाख ९ हजार २ सय ९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

सुरूमा २९ साउनसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर बिक्री नभए ७ भदौसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। 

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्। रेटिङ एजेन्सी कियर नेपालले लघुवित्तको आइपिओलाई ‘कियर एनपी डबल बी माइनस इस्युअर रेटिङ’ प्रदान गरेको छ।

प्रकाशित मिति: १२:२१ बजे, आइतबार, साउन ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्