Kathmandu Press

कान्तिपुर टेलिभिजनले आइपिओ जारी गर्ने 

काठमाडौं, असार ३१ : कान्तिपुर टेलिभिजनले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने भएको छ ।कान्तिपुर टेलिभिजनको २० औं वर्ष प्रवेशका अवसरमा बिहीबार आयोजित विशेष...
कान्तिपुर टेलिभिजनले आइपिओ जारी गर्ने 

काठमाडौं, असार ३१ : कान्तिपुर टेलिभिजनले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने भएको छ ।

कान्तिपुर टेलिभिजनको २० औं वर्ष प्रवेशका अवसरमा बिहीबार आयोजित विशेष समारोहमा अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले छिट्टै आइपिओ जारी हुने बताएका हुन् ।

Hardik ivf

सेयर निष्कासनका लागि सानिमा क्यापिटललाई बिक्री प्रबन्धकसमेत तोकिएको छ । समारोहमा अध्यक्ष सिरोहिया र सानिमाका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले सेयर निष्कासनसम्बन्धी सम्झौतामा हस्ताक्षर गरे ।

१९ वर्षसम्म मिहिनेत गरेर दर्शकको विश्वास जितेको र सफलतामा आगामी दिनमा सर्वसाधारण लगानीकर्तासँग साझेदारी गर्न टेलिभिजनलाई पब्लिक लिमिटेड बनाइएको उनले बताए ।

प्रकाशित मिति: ०८:२४ बजे, शुक्रबार, असार ३१, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्