Kathmandu Press

शेयर बजार आज पनि सुस्त, अब के होला?

काठमाडौं, कात्तिक २८ : नेप्से परिसूचक ० दशमलव ७९ ले बढेर ११३५ दशमलव ९५ को विन्दुमा पुगेको छ। दोस्रो बजार परिसूचकमा ० दशमलव ०७ प्रतिशतकोे वृद्धि द....

शेयर बजार आज पनि सुस्त, अब के होला?

काठमाडौं, कात्तिक २८ : नेप्से परिसूचक ० दशमलव ७९ ले बढेर ११३५ दशमलव ९५ को विन्दुमा पुगेको छ। दोस्रो बजार परिसूचकमा ० दशमलव ०७ प्रतिशतकोे वृद्धि देखिएको छ। 

११३५ दशमलव १६ को विन्दुमा खुलेको दोस्रो बजार ११३९ दशमलव ४२ को उच्च विन्दुसम्म पुगेको थियो। आज बजारको न्यून विन्दु ११३३ दशमलव ६८ थियो। 
२२ करोड ८३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। तर कारोबार रकम भने फेरि सुस्त हुन थालेको छ। 

आजको बजार अवस्था  

Hardik ivf

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै एनएमबी बैंक लिमिटेडको शेयर किनबेच भएको छ। एनएमबी बैंक लिमिटेडको ४ करोड २९ लाख बराबरको शेयर किनबेच भएको छ।  


आज सर्वाधिक कमाउने र गुमाउने 
आज साल्ट ट्रेडिङ्ग कर्पोरेशनका शेयरधनीले सर्वाधिक ९ दशमलव ९१ प्रतिशतले कमाए भने ग्लोबल आइएमई समुन्नत योजना–१ का इकाइधनीले सर्वाधिक ५ दशमलव ६६ प्रतिशतले गुमाए।


 
लाभांश गतिविधि 
हिमालयन बैंकले १० प्रतिशत बोनस शेयर र १२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। त्यस्तै, आईसीएफसी फाइनान्सले पाँच प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।

छोटो समयावधिको प्राविधिक विश्लेषण 

चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार ६ सातादेखि बजार प्रवृत्तिहीन रहेको छ। हाल बजार ११३५ को सामान्य टेवा क्षेत्र नजिक रहेको देखिन्छ। आजको मैनबत्तीले बजारमा लगानीकर्ताहरु अन्योल अवस्थामा रहेको संकेत गरेको छ। आजको परिमाण भने प्रभावकारी देखिँदैन।  

चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, विगत दुई कारोबार दिनदेखि बजारको उतारचढाव कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। हिजो र आज बजार प्रवृत्तिहीन रहेको देखिन्छ।

हिजो र आज बजार प्रवृत्तिहीन रहेकाले २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले दिएको संकेत प्रभावकारी देखिँदैन। रिलेटिभ स्ट्रेन्थ  इन्डेक्स (आरएसआई) ५२ दशमलव ३१ अंकमा रहेको छ। आरएसआई र स्टोकास्टिक अक्सिलेटरको प्रवृत्ति सकारात्मक रहेको देखिन्छ। 

निष्कर्ष : माथि उल्लेखित छोटो समयावधिको बजार प्रवृत्ति र सूचकहरुलाई समग्रमा हेर्दा बजार प्रवृत्तिहीन रहेको छ। 

बजारको उतारचढाव कम रहेकाले  अघिल्लो दिनको निष्कर्षले नै निरन्तरता पाएको छ। यदि बजार ११५२ भन्दा माथि स्थिर रहेमा मात्र बजार केही सकारात्मक हुन सक्ने संकेत गर्दछ। अर्को तत्कालीन प्रतिरोध ११८० को क्षेत्रमा रहेको देखिन्छ।

त्यस्तै, यदि बजार ११३० भन्दा तल स्थिर रहेमा बजार केही सच्चिन सक्ने संकेत गर्दछ र अर्को तत्कालीन टेवा ११२० मा रहेको देखिन्छ। 
 

प्रकाशित मिति: १७:२४ बजे, बिहीबार, कात्तिक २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्