Kathmandu Press

नेपहपको श्रीपेचको ‘श्रीपेच’ विवादमा

वज्रयान महासंघका अध्यक्ष राजेन्द्रमान बज्राचार्यले आइतबार आफ्नो फेसबुक अकाउन्टमा लेखेका छन्, ‘सम्पूर्ण वज्रयान बौद्धधर्ममा गरिएको खेलबाडप्रति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई माफी माग्न अनुरोध गर्दछु।’
नेपहपको श्रीपेचको ‘श्रीपेच’ विवादमा

काठमाडाैं, असार १९ : शनिबार सम्पन्न रियालिटी सो ‘नेपहपको श्रीपेच’को ‘श्रीपेच’ विवादमा तानिएको छ। छोटो समयमै दर्शकमाझ ख्याति कमाएको यस रियालिटी सोका विजेतालाई शनिबार ‘श्रीपेच’ पहिर्‍याइएको थियो। विजेतालाई दिइएको ‘श्रीपेच’लाई लिएर बज्रायान सम्प्रदायसँग सम्बन्धितले आपत्ति जनाएका छन्।

वज्रयान महासंघका अध्यक्ष राजेन्द्रमान बज्राचार्यले आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सम्पूर्ण वज्रयान बौद्धधर्ममा गरिएको खेलबाडप्रति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई माफी माग्न अनुरोध गर्दछु।’

घटना के हो ?

Hardik ivf

६ महिनाअघि नेपालकै पहिलो हिपहप संगीतको रियालिटी सो ‘नेपहपको श्रीपेच’ सुरु भएको थियो। शनिबार काठमाडौंस्थित होटल सोल्टीमा भएको ग्रान्ड फिनालेमा मोरङका भाइबर साइमनले उपाधि जिते। विजेता घोषणा भएसँगै उनलाई सोका निर्णायक समेत रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहले श्रीपेच पहिर्‍याएका थिए। 

बज्रयान महासंघका अध्यक्ष बज्राचार्यले उक्त मुकुट (श्रीपेच) पञ्चबुद्ध अंकित देखिएको र यस्तो प्रकारको मुकुट बौद्धधर्मका गुरुले बौद्धधर्मका प्रशिक्षार्थीलाई मात्र प्रदान गर्न पाउने बताए।

‘उहाँहरूको अज्ञानता हो वा के कारणले हो, त्यस प्रकारका मुकुटलाई उपाधिका रूपमा प्रयोग गर्नुभएछ,’ उनले टेलिफोनमा भने, ‘यसले हाम्रो धार्मिक आस्थामाथि चोट पुर्‍याएको छ। मुकुट पञ्चबुद्ध अकिंत हो भने उहाँहरूले आममाफी माग्नुपर्ने महासंघको माग छ।’  

‘हामीलाई थाहा थिएन’

रियालिटी सो ‘नेपहपको श्रीपेच’का निर्देशक निकेश खड्काले भने आफूहरुले कसैको धार्मिक आस्थामा चोट पुर्‍याउने मनसायले ‘श्रीपेच’को प्रयोग नगरेको बताए। 

‘उक्त श्रीपेच हाम्रो निर्माण पक्षले किन्नुभएको हो,’ उनले भने, ‘कलात्मक तथा सांस्कृतिक झल्को दिने सोचले त्यो श्रीपेच किनेका थियाैं। यस्तो हुन्छ भन्ने थाहा थिएन। हाम्रो मनसाय कसैको धार्मिक मर्ममा चोट पुर्‍याउने हुँदै होइन।’

प्रकाशित मिति: १८:४२ बजे, आइतबार, असार १९, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्