Kathmandu Press

शेयर बजारमा आज विक्रेताको चाप कमजोर

काठमाडौं, कात्तिक १८ : नेप्से परिसूचक ० दशमलव ९७ ले बढेर ११४० दशमलव २६ को विन्दुमा पुगेको छ। दोस्रो बजार परिसूचकमा ० दशमलव ०९ प्रतिशतकोे वृद्धि द....

शेयर बजारमा आज विक्रेताको चाप कमजोर

काठमाडौं, कात्तिक १८ : नेप्से परिसूचक ० दशमलव ९७ ले बढेर ११४० दशमलव २६ को विन्दुमा पुगेको छ। दोस्रो बजार परिसूचकमा ० दशमलव ०९ प्रतिशतकोे वृद्धि देखिएको छ।

सोमबार ११३९ दशमलव ५८ को विन्दुमा खुलेको दोस्रो बजार ११४१ दशमलव १४ को उच्च विन्दुसम्म पुगेको थियो।  बजारको न्यून विन्दु ११३५ दशमलव ९६ थियो। दिनभरमा १९ करोड १८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। 

तीन पटा कम्पनीको मात्र कारोबार रकम १ करोड नाघे पनि कारोबार सुस्त नै रहेको छ।

Hardik ivf

आजको बजार अवस्था  

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै नविल बैंक लिमिटेडको शेयर किनबेच भएको छ। नविल बैंक लिमिटेडको १ करोड ९८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 
आज ग्लोबल आईएमई लघुवित्तका शेयरधनीले सर्वाधिक ९ दशमलव ९३ प्रतिशतले कमाए भने जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका शेयरधनीले सर्वाधिक ४ दशमलव ८३ प्रतिशतले गुमाए। 

प्राविधिक विश्लेषण 

दुई कारोबार दिनअघिको निष्कर्ष अनुसार बजारको सामान्य तत्कालीन टेवा ११३० देखि ११४० को क्षेत्रमा रहेको देखिन्छ भनिएको थियो। आज बजार यही क्षेत्रभित्र सीमित रहि उतारचढाव रहेको छ। बजार ११४० दशमलव २६ अंकमा बन्द भएको छ। 

चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति 

चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार नेप्सेको उतारचढाव एसेन्डिङ्ग ट्रायङ्गलको आकृतिभित्र सीमित हुन थालेको देखिन्छ। यो प्रवृत्ति आफैमा प्राय जसो बुलिस प्रवृत्तिको हुने गरेता पनि बजार सकारात्मक हुनलाई माथिल्लो प्रवृत्ति रेखाभन्दा माथि स्थिर रहन जरुरी हुन्छ। आजको मैनबत्तीले भने डोजी आकृति बनाएको छ। यसले दुई दिनदेखि रहेको विक्रेताको चाप कमजोर हुँदै गएको संकेत गर्दछ। आजको परिमाण भने प्रभावकारी देखिँदैन।

चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, विगत दुई कारोबार दिनदेखि बजारको उतारचढाव कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो कारोबार दिन घट्दो प्रवृत्तिमा रहेको बजार आज प्रवृत्तिहीन रहेको देखिन्छ।

२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले गोल्डनक्रस बनाएको देखिन्छ। यसले बजार केही सकारात्मक हुन सक्ने संकेत गर्दछ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ७२ दशमलव ३१ अंकमा रहेको छ। बजारको अन्तिम समयमा आरएसआई र स्टोकास्टिक अक्सिलेटरले बजारमा शेयर बढी खरिद भएको संकेत गरे पनि बजार सच्चिहाल्ने संकेत गरेको देखिँदैन।

निष्कर्ष : माथि उल्लेखित छोटो समयावधिको नेप्से सूचकहरु सकारात्मक देखिए पनि बजारको प्रवृत्तिले समर्थन गरेको देखिँदैन। समग्रमा हेर्दा यदि बजार ११४२ भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने सम्भावना देखिन्छ र अर्को तत्कालीन प्रतिरोध ११५२ मा रहेको देखिन्छ। बजारको सामान्य तत्कालीन  टेवा ११३० देखि ११३६ को क्षेत्रमा रहेको देखिन्छ। 
 

प्रकाशित मिति: १८:३१ बजे, सोमबार, कात्तिक १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्