बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ खुला
काठमाडौं, जेठ २० : बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि बिक्री खुला भएको छ ।प्रतिशेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर...
काठमाडौं, जेठ २० : बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि बिक्री खुला भएको छ ।
प्रतिशेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ । सर्वसाधारणले भने १३ लाख ६५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
निष्काशन बन्द छिटोमा जेठ २५ गते र ढिलोमा असार ३ गते बन्द हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
प्रकाशित मिति: ०७:२२ बजे, शुक्रबार, जेठ २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार