Kathmandu Press

यौनांगमा लौरो छिराएर यातना दिएकी महिलाको मृत्यु प्रकरण : पीडक माझीविरुद्ध छोरीले दिइन् उजुरी 

गीतालाई श्रीमान् रामचन्द्र माझीले यौनांगमा लौरो छिराएर यातना दिएका थिए। यातनापछि गम्भीर घाइते भएकी गीताको भरतपुर अस्पतालमा उपचारका क्रममा सोमबार राति मृत्यु भएको थियो। 
यौनांगमा लौरो छिराएर यातना दिएकी महिलाको मृत्यु प्रकरण : पीडक माझीविरुद्ध छोरीले दिइन् उजुरी 

काठमाडौं, जेठ १८ : श्रीमानको चरम यातनाका कारण मृत्यु भएकी चितवन खैरहनी नगरपालिका–१० की गीता माझीको शव उठाइएको छ। पोस्टमार्टम भएपछि नगरपालिकाले गीताको शवको जिम्मा लिएर उनको घरमा लगेको छ । परिवारमा दुई छोरी मात्रै भएकाले गीताको दाहसंस्कार पनि नगरपालिकाले नै गर्ने भएको छ। 

गीतालाई श्रीमान् रामचन्द्र माझीले यौनांगमा लौरो छिराएर यातना दिएका थिए। यातनापछि गम्भीर घाइते भएकी गीताको भरतपुर अस्पतालमा उपचारका क्रममा सोमबार राति मृत्यु भएको थियो। 

गीतामाथि क्रुर यातना दिने रामचन्द्र माझीविरुद्ध उनकी छोरी पुष्पा माझीले उजुरी दिएकी छन्। सुरुवातमा उजुरी नपर्दा प्रहरी आफैले प्रतिवेदन बनाएर कारवाही प्रकृया अगाडि बढाएको थियो। पीडककी छोरीले नै लिखित उजुरी दिएपछि सोही अनुसार कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरी अधिकारीले जानकारी दिए। 

Hardik ivf

गत सोमबार रामचन्द्र माझीले नसा सेवन गरेर गीतामाथि निर्घात कुटपिट, चरम यातना र जबरजस्तीकरणी गरेको अनुसन्धानबाट खुल्न आएको डिएसपी अधिकारीले बताए । पीडक माझी अहिले प्रहरी हिरासतमा छन्। 

दुई बालिकाको अभिभावकत्व नगरपालिकाले लिने  

मृतक गीताको पारिवारिक आर्थिक अवस्था निकै कमजोर भएका कारण उनकी दुई छोरीको जिम्मेवारी नगरपालिकाले लिने भएको छ। गीताको शव दाहसंस्कार गर्न नगरपालिका र सामाजिक संस्थाबाट रकम संकलन गरिएको छ। 

मृतक गीताकी दुई सन्तानको अभिभावकत्व पनि नगरपालिकाले लिने नवनिर्वाचित नगर प्रमुख शशिकुमार खनियाँले काठमाडौं प्रेसलाई बताए ।

‘नगरपालिकाको कानुनी दायरामा रही दुई बालिकालाई दिन सकिने, शैक्षिक,गाँस, बास लगायतका सम्पूर्ण खर्च नगरपालिकाले बेहोछौंँ,’ मेयर खनियाँ भन्छन्, ‘ हामीले सम्बन्धित वडाका अध्यक्षसँग पनि आवश्यक प्रकृयाका बारेमा छलफल गरिसकेका छौं।’

नगरप्रमुख खनियाँले नगरक्षेत्रमा यस्ता घटनाहरुलाई दोहोरिन नदिन सुरक्षाकर्मी परिचालन देखि सचेतनाका कार्यक्रमहरु पनि ल्याइने बताए। उनले त्यस क्षेत्रमा रहेका गैरकानूनी मदिरा पसल हटाउने निर्णय भइसकेको र वडाध्यक्षहरुलाई यसको कार्यान्वयन र निरीक्षण गर्न भनिएको बताए। 

याे पनि

श्रीमानद्वारा निर्घात कुटिएकी महिलाको मृत्यु, प्रहरी भन्छ– यौनांगभित्र लौरो छिराएर यातना दिएको रहेछ


 

प्रकाशित मिति: १४:५८ बजे, बुधबार, जेठ १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्