तिहारपछिको पहिलो कारोबार दिन पनि शेयर बजार ओरालो
काठमाडौं, कात्तिक १४ : तिहार पछिको पहिलो कारोवार दिन बिहिबार नेप्से परिसूचक ३ दशमलव १७ ले घटेर ११४६ दशमलव १७ को विन्दुमा पुगेको छ।
दोश....
काठमाडौं, कात्तिक १४ : तिहार पछिको पहिलो कारोवार दिन बिहिबार नेप्से परिसूचक ३ दशमलव १७ ले घटेर ११४६ दशमलव १७ को विन्दुमा पुगेको छ।
दोश्रो बजार परिसूचकमा ० दशमलव २८ प्रतिशतकोे गिरावट देखिएको छ। दोश्रो बजार ११४९ दशमलव ३६ को विन्दुमा खुलेको थियो भने ११५१ दशमलव ४९ को उच्च विन्दु सम्म पुगेको थियो।
आज बजारको न्यून विन्दु ११४३ दशमलव ०७ थियो। आज २५ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कारोवार रकम मध्ये प्राइम कमर्शियल बैङ्क लिमिटेडको ६ करोड बराबरको सस्थापक शेयर किनबेच भएको छ।
आजको बजारको अवस्था
आज सर्वाधिक कारोवार हुने
आज सबै भन्दा धेरै प्राइम कमर्शियल बैङ्क लिमिटेडको संस्थापक शेयर किनबेच भएको छ। प्राइम कमर्शियले बैङ्क लिमिटेडको ६ करोड ०३ लाख बराबरको संस्थापक शेयर किन बेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज ग्लोबल आईएमई लघुवित्तका शेयरधनीले सर्वाधिक ७ दशमलव ७५ प्रतिशतले कमाए भने नबिल इक्वीटी फण्डका ईकाईधनीले सर्वाधिक ९ दशमलव ९३ प्रतिशतले गुमाए।
प्राविधिक बिश्लेषण
तिहार चाढभन्दा अघिल्लो कारोबारको निश्कर्ष अनुसार बजार प्रतिरोध क्षेत्रमा रहेकोले यदि बजार ११५५ भन्दा माथि स्थिर रहेमा बजार अझ केहि सकारात्मक हुन सक्ने संकेत गर्दछ र अर्को तत्कालिन प्रतिरोध ११८० मा रहेको देखिन्छ र यदि बजार ११४६भन्दा तल स्थिर रहेमा बजार अझ केहि सच्चिन सक्ने देखिन्छ र र अर्को टेवा ११४० को क्षेत्रमा रहेको देखिन्छ भनिएको थियो। आज बजार यहि क्षेत्रभित्र सिमित रहि उताबचढाब भएको छ।
चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार नेप्से आज पनि प्रतिरोध क्षेत्रमा रहेको देखिन्छ। आजको मैनबत्तीले स्पिनिङ्ग टपको आकृति बनाएको छ। यो आकृतिले बजार सच्चिन सक्ने संकेत गरे पनि अर्को दिनको मैनबत्तीलाई पनि हेर्नु पर्ने हुन्छ।
चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, विगत दुई कारोबार दिनदेखि बजारको उतारचढाब कस्तो रह्यो भनि हेर्नलाई ५ मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। आज बजार घट्दो प्रवृत्तिमा रहेको देखिन्छ।
२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले डेडक्रस बनाएको छ, यसले बजारमा विक्रेताको चाप केहि समय हुन सक्ने संकेत गर्दछ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ५३ दशमलब ५१ अंकमा रहेको छ। आरएसआई र स्टोकास्टिक अक्सिलेटरले बजार केहि सकारात्मक हुन सक्ने संकेत गरेको देखिन्छ।
निश्कर्ष
माथि उल्लेखित छोटो समयावधिको सूचकहरुले मिश्रित संकेत गरेको र नेप्से घट्दो प्रवृत्तिमा रहेको देखिन्छ। त्यसैले समग्रमा हेर्दा यदि बजार ११५३ भन्दा माथि स्थिर रहेमा मात्र बजार अझ केहि सकारात्मक हुन सक्ने संकेत गर्दछ र अर्को तत्कालिन प्रतिरोध ११८० मा रहेको देखिन्छ। बजारको सामान्य तत्कालिन टेवा ११३० देखि ११४० को क्षेत्रमा रहेको देखिन्छ।