बजार आज पनि सकारात्मक, अब के होला?
काठमाडौं, कात्तिक ७ : नेप्से परिसूचक ६ दशमलव ७३ ले वृद्धि भएर ११४९ दशमलव ३४ को विन्दुमा पुगेको छ।
बिहीबार दोस्रो बजार परिसू....
काठमाडौं, कात्तिक ७ : नेप्से परिसूचक ६ दशमलव ७३ ले वृद्धि भएर ११४९ दशमलव ३४ को विन्दुमा पुगेको छ।
बिहीबार दोस्रो बजार परिसूचकमा ० दशमलव ५९ प्रतिशतकोे वृद्धि देखिएको छ। ११४२ दशमलव ४१ को विन्दुमा खुलेको दोस्रो बजार ११५० दशमलव ४८ को उच्च विन्दुसम्म पुगेको थियो।
आज बजारको न्यून विन्दु ११४१ दशमलव ३९ थियो भने ३२ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कारोबार रकम हिजोभन्दा दोब्बरले वृद्धि भएको छ।
बजार केही दिनदेखि निरन्तर वृद्धि भएको छ। बिहीबार बजारलाई कारोबार रकमले साथ दिएको छ। यसलाई सकारात्मक प्रवृत्ति मानिन्छ।
आजको बजारको अवस्था
आज सर्वाधिक कारोबार हुने
आज सबैभन्दा धेरै माछापुच्छ्रे बैंक लिमिटेडको शेयर किनबेच भएको छ। माछापुच्छ्रे बैंक लिमिटेडको ७ करोड ११ लाख बराबरको शेयर किनबेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज अरुण भ्याली हाइड्रोपावरका शेयर धनीले सर्वाधिक ८ दशमलव ३३ प्रतिशतले कमाए भने अरुण काबेली पावर लिमिटेडका शेयरधनीले सर्वाधिक ५ दशमलव ७९ प्रतिशतले गुमाए।
लाभांश गतिविधि
आज आरएमडीसी लघुवित्तले १२ दशमलव ५ प्रतिशत बोनस शेयर र १२ दशमलव ५ प्रतिशत नगद लाभांश गरी जम्मा २५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
प्राविधिक विश्लेषण :
चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार नेप्से आज प्रतिरोध क्षेत्रमा रहेको देखिन्छ। आज बुलिस मैनबत्ती आकृति बनाएको छ। आजको परिमाण भने हिजोभन्दा बढी रहेको र बजारमा क्रेता हाबी रहेको देखिन्छ। यसलाई सकारात्मक मानिन्छ।
चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, विगत दुई कारोबार दिनदेखि बजारको उतारचढाव कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिका मैनबत्तीलाई प्रयोग गरिएको छ। हिजो र आज बढ्दो प्रवृत्तिमा रहेको देखिन्छ।
२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरु एकापसमा नजिकिँदै गएको देखिन्छ। यसले बजारमा क्रेताको चाप कमजोर हुँदै गएको संकेत गर्दछ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ५५ दशमलव ०९ अंकमा रहेको छ। यसको प्रवृत्तिले डाइभर्जेन्स आकृति बनाएको छ। यसले बजार केही सच्चिन सक्ने संकेत गर्दछ। स्टोकास्टिक अक्सिलेटरले केही निश्चित संकेत गरेको देखिँदैन।
निष्कर्ष : माथि उल्लेखित छोटो समयावधिको नेप्से प्रवृत्ति र सूचकले मिश्रित संकेत गरे पनि समग्रमा हेर्दा यदि बजार ११५५ भन्दा माथि स्थिर रहेमा बजार अझ केही सकारात्मक हुन सक्ने संकेत गर्दछ। अर्को तत्कालीन प्रतिरोध ११८० मा रहेको देखिन्छ। यदि बजार ११४६ भन्दा तल स्थिर रहेमा बजार अझ केही सच्चिन सक्ने देखिन्छ र अर्को तत्कालीन टेवा ११४० को क्षेत्रमा रहेको देखिन्छ।