शेयर बजार सकारात्मक, कारोबार भने सुस्त
काठमाडौं, कात्तिक ६ : साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक ७ दशमलव ७९ ले वृद्धि भएर ११४२ दशमलव ६० को विन्दुमा पुगेको छ।
....काठमाडौं, कात्तिक ६ : साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक ७ दशमलव ७९ ले वृद्धि भएर ११४२ दशमलव ६० को विन्दुमा पुगेको छ।
दोस्रो बजार परिसूचकमा ० दशमलव ६९ प्रतिशतकोे वृद्धि देखिएको छ। ११३४ दशमलव ७९ को विन्दुमा खुलेको दोस्रो बजार ११४२ दशमलव ८२ को उच्च विन्दुसम्म पुगेको थियो।
बजारको न्यून विन्दु ११३४ दशमलव ७९ थियो। आज १६ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कारोबार रकमको आधारमा बजार अझै सुस्त नै छ।दुई वटा कम्पनीको मात्र बुधबार दिनभरमा १ करोडभन्दा कारोबार भएको छ। दशैंपछिको शेयर बजार निकै सुस्त रहँदै आएको छ।
आजको बजारको अवस्था
आज सर्वाधिक कारोबार हुने
आज सबैभन्दा धेरै प्रभु बैंक लिमिटेडको शेयर किनबेच भएको छ। प्रभु बैंक लिमिटेडको २ करोड ७२ लाख बराबरको शेयर किनबेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज नेको इन्स्योरेन्सका शेयर धनीले सर्वाधिक ५ दशमलव ९८ प्रतिशतले कमाए भने दिव्यश्वरी हाइड्रोपावरका शेयरधनीले सर्वाधिक ५ दशमलव ३५ प्रतिशतले गुमाए।
प्राविधिक विश्लेषण
चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार नेप्सेले आज माथिल्लो प्रवृत्ति रेखालाई परीक्षण गरिरहेको देखिन्छ। आज बुलिस मैनबत्ती आकृति बनाएको छ। यसले बजारमा क्रेता हाबी रहेको र अर्को कारोबार दिन पनि क्रेताको चाप हुन सक्ने संकेत गर्दछ। आजको परिमाण भने सामान्य रहेको छ।
चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, विगत दुई कारोबार दिनदेखि बजारको उतारचढाव कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिका मैनबत्तीलाई प्रयोग गरिएको छ। हिजो र आजको प्रवृत्ति बढ्दो प्रवृत्तिमा रहेको देखिन्छ।
२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरु बजारको प्रवृत्तिभन्दा तल रहेको र एकापसमा फराकिलो भएकाले बजारमा क्रेताको चाप रहेको संकेत गरेको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ७१ दशमलव ३० अंकमा रहेको छ।
कारोबारको अन्तिम समयमा आरएसआईको प्रवृत्तिले बजारमा विक्रेताको चाप रहेको संकेत गरेको छ। स्टोकास्टिक अक्सिलेटरले बजारमा शेयर बढी खरिद भएको संकेत गरेको छ।
निष्कर्ष : माथि उल्लेखित छोटो समयावधिका नेप्से प्रवृत्ति र सूचकलाई समग्रमा हेर्दा आज पनि बजार बढ्दो प्रवृत्तिमा रहेको र सामान्य प्रतिरोध क्षेत्रमा रहेको देखिन्छ।
यदि बजार ११५५ भन्दा माथि स्थिर रहेमा बजार अझ केही सकारात्मक हुन सक्ने संकेत गर्दछ। अर्को तत्कालीन प्रतिरोध ११८० मा रहेको देखिन्छ। हाल बजारको तत्कालीन टेवा ११३६ मा रहेको देखिन्छ।