पर्साको मिर्जापुरमा ४ राउन्ड हवाई फायर
पर्साको मिर्जापुरमा ४ राउन्ड हवाई फायर
वीरगञ्ज, वैशाख ३०ः पर्साको छिपहरमाई गाउँपालिका – १ मिर्जापुरमा ४ राउण्ड हवाई फायर भएको छ।
सत्ता गठबन्धन दल र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो।
दुई पक्षबीच ढुंगा हानाहान भएर स्थिति तनावपूर्ण बनेपछि ४ राउण्ड हवाई फायर गरेर प्रहरीले स्थिति नियन्त्रणमा लिएको थियो।
हाल त्यहाँको स्थिति सामान्य बनेसँगै मतदान जारी छ।
प्रकाशित मिति: १५:४० बजे, शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार