Kathmandu Press

सामान्य प्रतिरोधसँग संघर्ष गर्दै शेयर बजार, कारोबारमा आएन उत्साह

काठमाडौं, कात्तिक ५ : नेप्से परिसूचक २ दशमलव ४० ले वृद्धि भएर ११३४ दशमलव ७९ को विन्दुमा पुगेको छ।

दोस्रो बजार परिसूचकमा ० दशमलव २१ प्रत....

सामान्य प्रतिरोधसँग संघर्ष गर्दै शेयर बजार, कारोबारमा आएन उत्साह

काठमाडौं, कात्तिक ५ : नेप्से परिसूचक २ दशमलव ४० ले वृद्धि भएर ११३४ दशमलव ७९ को विन्दुमा पुगेको छ।

दोस्रो बजार परिसूचकमा ० दशमलव २१ प्रतिशतकोे वृद्धि देखिएको छ। मंगलबार ११३२ दशमलव ४० को विन्दुमा खुलेको दोस्रो बजार ११३५ दशमलव १४ को उच्च विन्दुसम्म पुगेको थियो। 

बजारको न्यून विन्दु ११३० दशमलव २० रहँदा १६ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कारोबार रकमको आधारमा बजार अझै  सुस्त नै छ। आज दुई वटा कम्पनीको मात्र दिनभरमा १ करोडभन्दा बढी कारोबार भएको छ। दशैंपछिको शेयर बजार निकै सुस्त रहँदै आएको छ।  

Hardik ivf

हिजो र आज दुवै दिन बजारले इन्ट्राडेमा ११३५ को विन्दुलाई पार गर्न सकेको छैन। दुवै दिनको इन्ट्राडे हाई ११३५ को वरिपरि रहेको छ।

वाणिज्य बैंकहरुको उपसूचकमा आज सबैभन्दा धेरै शून्य दशमलव ४३ प्रतिशतको वृद्धि देखिएकाले समस्त बजारले सामान्य वृद्धि हासिल गर्न सफल भएको हो।  

आजको बजार अवस्था  

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै नबिल बैंक लिमिटेडको शेयर किनबेच भएको छ। नबिल बैंक  लिमिटेडको १ करोड ३२ लाख बराबरको शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 
आज लक्ष्मी इक्वीटी फण्डका इकाई धनीले सर्वाधिक ५ दशमलव ३० प्रतिशतले कमाए भने एभरेष्ट बैंक लिमिटेडको अग्राधिकार शेयरका शेयरधनीले सर्वाधिक ४ दशमलव ९६ प्रतिशतले गुमाए। 


प्राविधिक विश्लेषण 

चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार नेप्से घट्दो प्रवृत्तिमा रहेको र हाल बजार माथिल्लो प्रवृत्ति रेखाको क्षेत्रमा रहेको देखिन्छ। आजको मैनबत्तीले बजार केही सकारात्मक भएको संकेत गरेको छ। आजको परिमाण भने सामान्ये छ। 

चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, विगत दुई कारोबार दिनदेखि बजारको उतारचढाव कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिका मैनबत्तीलाई प्रयोग गरिएको छ। हिजो घट्दो प्रवृत्तिमा रहेको बजार आज बढ्दो प्रवृत्तिमा रहेको देखिन्छ।

२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले आज गोल्डन क्रस बनाएको छ। यसले बजार केही समय सकारात्मक हुन सक्ने संकेत गर्दछ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ६६ दशमलव २६ अंकमा रहेको छ।

आरएसआईको प्रवृत्तिले आज बजारमा क्रेता हाबी रहेको संकेत गरेको छ। स्टोकास्टिक अक्सिलेटरले आज बजारमा शेयर बढी खरिद भएको संकेत गरेको छ।


निष्कर्ष : माथि उल्लेखित छोटो समयावधिका नेप्से प्रवृत्ति र सूचकलाई समग्रमा हेर्दा बजार बढ्दो प्रवृत्तिमा भए पनि सामान्य प्रतिरोधहरु सामना गर्नु पर्ने देखिन्छ। त्यसैले यदि बजार ११५५ भन्दा माथि स्थिर रहेमा मात्र बजार केही सकारात्मक हुन सक्ने संकेत गर्दछ। अर्को तत्कालीन प्रतिरोध ११८० मा रहेको देखिन्छ। हाल बजारको तत्कालीन टेवा ११३० मा रहेको देखिन्छ। 
 

प्रकाशित मिति: १७:०७ बजे, मंगलबार, कात्तिक ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्