Kathmandu Press

दशैंपछि पनि बजारले लिन सकेन गति 

काठमाडौं, कात्तिक ४ :  नेप्से परिसूचक १ दशमलव ३३ ले घटेर ११३२ दशमलव ४० को विन्दुमा पुगेको छ। सोमबार दोस्रो बजार परिसूचकमा ० दशमलव १२ प्रतिशतकोे ग....

दशैंपछि पनि बजारले लिन सकेन गति 

काठमाडौं, कात्तिक ४ :  नेप्से परिसूचक १ दशमलव ३३ ले घटेर ११३२ दशमलव ४० को विन्दुमा पुगेको छ। सोमबार दोस्रो बजार परिसूचकमा ० दशमलव १२ प्रतिशतकोे गिरावट देखिएको छ। 

११३३ दशमलव ७२ को विन्दुमा खुलेको दोस्रो बजार ११३५ दशमलव ८६ को उच्च विन्दुसम्म पुगेको थियो। बजारको न्यून विन्दु ११३० दशमलव १५ थियो भने १६ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। 

आजको बजार अवस्था 

Hardik ivf

सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै प्रभु बैंक लिमिटेडको शेयर किनबेच भएको छ। प्रभु बैंक लिमिटेडको १ करोड ८९ लाख बराबरको शेयर किनबेच भएको छ। 


सर्वाधिक कमाउने र गुमाउने 
आज घोडिघोडा लघुवित्तका शेयरधनीले सर्वाधिक ४ दशमलव ८१ प्रतिशतले कमाए भने एभरेष्ट बैंक लिमिटेडको अग्राधिकार शेयरका शेयरधनीले सर्वाधिक ९ दशमलव २८ प्रतिशतले गुमाए। 

लाभांश गतिविधि 
आज स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले २२ दशमलव ५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।  

प्राविधिक विश्लेषण 

चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार नेप्से घट्दो प्रवृत्तिमा रहेको र हाल बजार माथिल्लो प्रवृत्ति रेखाको क्षेत्रमा रहेको देखिन्छ। आजको मैनबत्तीले डोजी आकृति बनाएको छ। यसले बजारमा लगानीकर्ताहरु अन्योल अवस्थामा रहेको संकेत गर्दछ। आजको परिमाण भने सामान्य रहेको छ। 

चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, विगत दुई कारोबार दिनदेखि बजारको उतारचढाव कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। हिजो र आज बजार घट्दो प्रवृत्तिमा रहेको देखिन्छ।

२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरु बजारको प्रवृत्तिभन्दा माथि र एकापसमा फराकिलो भएकाले बजार घट्दो प्रवृत्तिमा रहेको संकेत गर्दछ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ४६ दशमलव १४ अंकमा रहेको छ। कारोबारको अन्तिम समयमा आरएसआई र स्टोकास्टिक अक्सिलेटरले क्रेताको चाप रहेको संकेत गरेको छ।

निष्कर्ष : माथि उल्लेखित छोटो समयावधिको नेप्से प्रवृत्ति र सूचकहरुले मिश्रित संकेत गरेको छ। अर्को कारोबार दिनको पहिलो समयमा बजार केही सकारात्मक हुन सक्ने देखिए पनि समग्रमा हेर्दा बजार ११५५ भन्दा माथि स्थिर रहेमा मात्र बजार केही सकारात्मक हुन सक्ने संकेत गर्दछ र अर्को तत्कालीन प्रतिरोध ११८० मा रहेको देखिन्छ। हाल बजारको तत्कालीन टेवा ११२० मा रहेको देखिन्छ। 
 

प्रकाशित मिति: १८:१७ बजे, सोमबार, कात्तिक ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्