Kathmandu Press

नार्कले विकास गर्‍यो ७२३ जातका बीउ

काठमाडाैं, बैशाख २४ : नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले ८० बाली वस्तुका ७२३ जात विकास गरेको छ। नार्क स्थापना भएको ३१ औँ...
नार्कले विकास गर्‍यो ७२३ जातका बीउ
Hardik ivf

काठमाडाैं, बैशाख २४ : नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले ८० बाली वस्तुका ७२३ जात विकास गरेको छ। नार्क स्थापना भएको ३१ औँ वार्षिकोत्वसवका अवसरमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नार्कका कार्यकारी निर्देशक डा दीपक भण्डारीले नार्क स्थापना भएपछि धानको १५६, मकैको ८९, गहुँको ३६ र अन्य बालीको ३६५ नयाँ जातको विकास भएको छ।

सरकारले नार्कको स्थापना विसं २०४८ मा गरेको थियो। स्थापनाअघि धानको ३२, मकैको १२, गहुँको १९ र अन्य बालीको ४६ थरीका  बीउबाट खेती गरिँदै आएको थियो। नेपालमा उत्पादन बढाउन  किसानले धेरै जसो वर्णशङ्कर बीउको प्रयोग गर्छन्। त्यस्ता बीउ भारतलगायत अन्य मुलुकबाट आयात हुन्छ। यहाँ नयाँनयाँ जातका बीउको उन्मोचन भए पनि बीउको परनिर्भरता भने घटेको छैन। विसं २०६९ को भन्सार विभागको तथ्याङ्कमा झन्डै ५५ करोड रूपैयाँको धानको बीउको आयात भएको उल्लेख छ।

त्यसो त पछिल्लो पटक, नेपाल अन्नबालीमा मात्र नभई फलफूल तथा तरकारी बालीका बीउमा समेत परनिर्भर हुन थालेको छ। किसान बीउ रोज्न र खोज्न बीउ बिजन बिक्री गर्ने विभिन्न पसलमा पुग्छन्। विभिन्न थरीका बहुराष्ट्रिय कम्पनीले बिक्री वितरणमा ल्याएको नक्कली बीउका कारण सरकारले क्षतिपूर्ति व्यहोर्दै आएको छ।

प्रकाशित मिति: १८:२१ बजे, शनिबार, वैशाख २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्