कोशी सरकार विस्तार, पाँच मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
मुख्यमन्त्री कार्कीले एमालेका ४ र माओवादीका १ जनालाई मन्त्री तथा एमाले र माओवादीबाट एक-एक जनालाई राज्यमन्त्री बनाएका छन्।
मोरङ, जेठ ४ : मुख्यमन्त्री हिक्मत कार्कीले कोशी प्रदेश सरकार विस्तार गरेका छन्। उनले शुक्रबार ५ मन्त्री र २ राज्यमन्त्री थप्दै प्रदेश सरकार विस्तार गरेका छन्।
मुख्यमन्त्री कार्कीले एमालेका ४ र माओवादीका १ जनालाई मन्त्री बनाएका हुन्।
एमालेबाट मन्त्री बनेका राम रानाले आर्थिक मामिला तथा योजना, पाँचकर्ण राईले सामाजिक विकास, एकराज कार्कीले ऊर्जा, सिंचाइ तथा खानेपानी र लिलावल्लभ अधिकारीले आन्तरिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन्।
यस्तै, माओवादीबाट मन्त्री बनेका राजेन्द्र कार्कीले स्वास्थ्य मन्त्रायलको जिम्मेवारी पाएका छन्। यअसघि नै मन्त्री रहेका गणेश उप्रेतीले भौतिक पूर्वाधार विकास र नारायणबहादुर मगरले पर्यटन, वन तथा वातावरणको जिम्म्वारी पाएका छन्।
यस्तै, माओवादी केन्द्रबाट वन्दना झागरले पर्यटन, वन तथा वातावरण र एमालेबाट सिर्जना राई विनाविभागीय राज्यमन्त्रीको जिम्मेवारी पाएका छन्।
५ मन्त्री र २ राज्यमन्त्रीलाई आजै प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनियताको शपथ गराएका हुन्।



-(7)-1765197040.jpg)





-(7)-1765197040.jpg)

-1765195794.jpg)
-1765195343.jpg)