Kathmandu Press

सरकारले सुरक्षित वैदेशिक रोजगारीको प्रबन्ध गर्नुपर्छ : देउवा

उनले विदेशमा रोजगार गर्न जाने कुरा र त्यहाँ श्रमिकहरुले पाइरहेको दुःखका बारेमा आफू जानकार रहेको भन्दै श्रमिकलाई भइरहेको शोषणको समस्या रोक्न आग्रह गरे।
सरकारले सुरक्षित वैदेशिक रोजगारीको प्रबन्ध गर्नुपर्छ : देउवा
फाइल तस्बिर।

काठमाडौं, जेठ ५ : नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले नेपालीहरुका लागि सुरक्षित वैदेशिक रोजगारीको प्रबन्ध गर्नुपर्ने बताएका छ्न।

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनको १२औं साधारणसभालाई सम्बोधन गर्दै सभापति देउवाले सुरक्षित वैदेशिक रोजगारीको प्रबन्ध गर्नुपर्ने बताउँदै समस्या समाधानमा सरकार लाग्नु पर्ने बताए।

Hardik ivf

उनले विदेशमा रोजगार गर्न जाने कुरा र त्यहाँ श्रमिकहरुले पाइरहेको दुःखका बारेमा आफू जानकार रहेको भन्दै श्रमिकलाई भइरहेको शोषणको समस्या रोक्न आग्रह गरे।

‘नेपालीका लागि वैदेशिक रोजगार महत्वपूर्ण कुरा हो। एकातिर नेपालीले विदेशमा रोजगार गर्न पाउँछन् । तर त्यहाँ ठगिएका कुराहरु, दुःख पाएका कुराहरु पनि मैले थाहा पाएको छु, यस्ता कुरा रोक्न हामी लाग्नुपर्छ,’ उनले भने।

रेट्यान्सले नेपालको अर्थतन्त्रमा ठूलो मद्दत पुर्‍याएको भन्दै सभापति देउवाले सरकारले पनि सुरक्षित वैदेशिक रोजगारीको प्रबन्ध गर्नुपर्ने उल्लेख गरे।

उनले एशोसिएशनलाई दुःख पाएका नेपालीहरुले समस्या समाधान गर्ने काममा लाग्न पनि निर्देशन दिए।

प्रकाशित मिति: १४:५३ बजे, शनिबार, जेठ ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्