Kathmandu Press

‘आइतबारसम्म सहज रुपमा संसद् सञ्चालन हुने वातावरण बन्ने विश्वास छ’

उनले आफूले संसद्को अवरोध हटाउन केही दिन यता छलफल गरिरहेको उल्लेख गर्दै सहमतिको तहबाट समाधान निकाल्ने योजना रहेको बताए।
‘आइतबारसम्म सहज रुपमा संसद् सञ्चालन हुने वातावरण बन्ने विश्वास छ’

काठमाडौं, जेठ ५ : प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार बिहानसम्म संसदमा अहिले देखिएको गतिरोध अन्त्य हुने विश्वास व्यक्त गरेका छन्।

शनिबार आयोजित एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दहालले आइतबार बिहानसम्म सहज रुपबाट संसद् सञ्चालन हुने दिशामा अघि बढ्ने विश्वास लिएको बताए।

Hardik ivf

उनले आफूले संसद्को अवरोध हटाउन केही दिन यता छलफल गरिरहेको उल्लेख गर्दै सहमतिको तहबाट समाधान निकाल्ने योजना रहेको बताए।

सहकारीको रकम हिनामिना प्रकरणम गृहमन्त्री रवि लामिछानेको संलग्नको आशंका गर्दै काग्रेसले संसदीय समिति बनाए छानविन गर्न माग गर्दैै संसद अवरुद्ध गर्दै खाएको छ।

‘बिहान प्रमुख प्रतिपक्षसँग छलफल भएको थियो। अहिले नेकपा एमालेसँग छलफल छ। भोलि बिहानसम्म कतै न कतै एउटा टुंगोमा पुगोस् भनेर लागेको छु, यो हुन्छ भन्ने विश्वास छ,’ प्रधानमन्त्री दाहालले भने, ‘यसले नीति तथा कार्यक्रम पास गर्न पनि सहज होस् र विश्वासको मत लिन पनि सहज बनाओस् भन्ने हो। मेरो जोड यसमै छ।’

यस्तै, प्रधानमन्त्री दाहालले चौथो पटक पनि आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताए। उपेन्द्र यादव नेतृत्वका जसपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री दाहालले जेठ ७ गते चौथो पटक विश्वासको मत लिँदैछन्।

उनले जति पटक लिनुपरे पनि विश्वासको मत लिन तयार नै हुनुपर्ने अवस्था रहेको बताउँदै उनले विश्वासको मत आउँछ कि आउँदैन भनेर चिन्ता नलिन समेत आग्रह गरे।

प्रकाशित मिति: १४:४७ बजे, शनिबार, जेठ ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्