Kathmandu Press

शिक्षण अस्पतालमा आठ घण्टा लगाएर कलेजो प्रत्यारोपण

काठमाडौं, कात्तिक २ : महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा आठ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरिएको छ। शिक्षण अस्पतालमा तेस्रो पटक कलेजो प्रत्यारोपण....

शिक्षण अस्पतालमा आठ घण्टा लगाएर कलेजो प्रत्यारोपण

काठमाडौं, कात्तिक २ : महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा आठ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरिएको छ। शिक्षण अस्पतालमा तेस्रो पटक कलेजो प्रत्यारोपण गरिएको हो।

शुक्रबार रुपन्देहीका ५२ वर्षीय पुरुषलाई उनका २७ वर्षीय छोराले प्रदान गरेको कलेजोले प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ। प्रत्यारोपित बिरामीको स्वास्थ्य अवस्था ठीक रहेको अस्पतालले जनाएको छ।

अस्पतालका प्रत्यारोपण चिकित्सक प्राडा रमेशसिंह भण्डारीको टोलीले आठ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरेको थियो। प्राडा भण्डारीका अनुसार अस्पतालमा यो प्रत्यारोपण तेस्रो पटक सफलतापूर्वक सम्पन्न भएको हो।

गत जेठ १८ गते पहिलो र साउन ३ गते दोस्रो कलेजो प्रत्यारोपण भएको थियो। पहिलो प्रत्यारोपणमा ३३ वर्षीया छोरीले ५८ वर्षीय आफ्ना पितालाई कलेजो दिएकी थिइन्। ‘हामी अस्पतालमा कलेजो प्रत्यारोपणलाई नियमित बनाउने तयारीमा छौं, महिनामा कम्तिमा एउटा कलेजो प्रत्यारोपणको लक्ष्य लिएका छौँ,’ प्राडा भण्डारीले भने।

विदेशको तुलनामा नेपालमा कलेजो प्रत्यारोपण कार्य सस्तो छ। प्राडा भण्डारीका अनुसार करीब २५ लाखमा कलेजो प्रत्यारोपण गर्न सकिन्छ। आफ्ना परिवारभित्रका सदस्यले मात्र कलेजो दान गर्न सक्ने कानुनी प्रावधान छ।

याे पनि पढ्नुस् :
कलेजो प्रत्यारोपण सफल भएपछि फुटबलमा गोल हान्दाझैं खुशीले चिच्याएँ : डा.रमेशसिंह भण्डारी

प्रकाशित मिति: १३:१५ बजे, शनिबार, कात्तिक २, २०७६