Kathmandu Press

सन्दीप लामिछाने टी–१० लिगमा अनुवन्धित

काठमाडौं, असोज ३० : नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने टी–१० लिगमा अनुवन्धित भएका छन्।

गएराति भएको ड्राफ्टमा युएईमा हुने टी–१०....

सन्दीप लामिछाने टी–१० लिगमा अनुवन्धित

काठमाडौं, असोज ३० : नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने टी–१० लिगमा अनुवन्धित भएका छन्।

गएराति भएको ड्राफ्टमा युएईमा हुने टी–१० लिगका लागि कर्नाटका टस्कर्सले अनुवन्धित गरेको हो। उनी पहिलो चरणमै छनोटमा परेका छन्।

गत वर्ष उनले केरला टिमबाट खेलेका थिए। यो वर्ष कर्नाटकाले लिएको हो। यस वर्ष उनी ४० हजार अमेरिकी डलर अर्थात ४५ लाखभन्दा बढीमा अनुवन्धित भएका छन्।

गत सिजनमा उनी ३० हजार अमेरिकी डलर अर्थात ३४ लाख रुपैयाँमा अनुवन्धित भएका थिए।

यो प्रतियोगिता नोभेम्बर १५ देखि २४ सम्म युएईको अबुधावीमा हुनेछ। यसमा पनि आठ टीमले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित मिति: ११:१४ बजे, बिहीबार, असोज ३०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्