Kathmandu Press

शेयर बजारमा आज पनि बिक्रेता हावी

काठमाडौं, असोज २९ : साताको तेश्रो कारोवार दिन बुधबार नेप्से परिसूचक ५ दशमलव ०१ अंकले घटेर ११३७ दशमलव ०३ को विन्दुमा पुगेको छ। 

दोश्रो ब....

शेयर बजारमा आज पनि बिक्रेता हावी

काठमाडौं, असोज २९ : साताको तेश्रो कारोवार दिन बुधबार नेप्से परिसूचक ५ दशमलव ०१ अंकले घटेर ११३७ दशमलव ०३ को विन्दुमा पुगेको छ। 

दोश्रो बजार परिसूचकमा ० दशमलव ४४ प्रतिशतकोे गिरावट देखिएको छ। दोश्रो बजार ११४२ दशमलव ०५ को विन्दुमा खुलेको थियो भने ११४३ दशमलव ०१ को उच्च विन्दुसम्म पुगेको थियो। 

आज बजारको न्यून विन्दु ११३६ थियो। आज १९ करोड ६६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। 

Hardik ivf

आजको बजारको अवस्था

आज सर्वाधिक कारोवार हुने 

आज सबै भन्दा धेरै प्रभु बैंकको शेयर किनबेच भएको छ। प्रभु बैंकको ५ करोड ४४ लाख बराबरको शेयर किन बेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 

आज ग्लोबल आइएमई समुन्नत योजना – १ को सर्वाधिक ३ दशमलब ९२ प्रतिशतले बृद्धि भएर प्रति इकाई ६ दशमलब ८९ कायम भएको छ। दोश्रोमा एनएलजी इन्स्योरेन्सको शेयर मुल्य ३ दशमलब ८७ प्रतिशतले बृद्धि भएको छ। सिद्धार्थ बैंकका शेयरधनीले सर्वाधिक ४ दशमलव ३१ प्रतिशतले गुमाए। यस बैंकको १० प्रतिशत बोनसलाई मुल्य समायोजन गरे पछि आज बजार खुल्दा ३०७ रुपैंया २७ पैसा कायम भएको थियो।  

प्राविधिक बिश्लेषण 

अघिल्लो दिनको बिश्लेषणको निश्कर्ष अनुसार बजारको सामान्य टेवा ११३० देखि ११३५ को क्षेत्रमा रहेको देखिन्छ भनिएको थियो। आज बजारको न्यून बिन्दु ११३६ मा रहेको थियो।

चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार नेप्से घट्दो प्रवृत्तिमा रहेको र हाल बजार माथिल्लो प्रवृत्ति रेखाको क्षेत्रमा रहेको देखिन्छ। आजको मैनबत्तीले बजारमा केहि मात्रामा विक्रेता सकृय रहेको संकेत गरेको छ। आजको परिमाण भने सामान्य रहेको देखिन्छ।

चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, विगत दुई कारोबार दिनदेखि बजारको उतारचढाब कस्तो रह्यो भनि हेर्नलाई ५ मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। हिजो बढ्दो प्रवृत्तिमा रहेको बजार आज पुन घट्दो प्रवृत्तिमा रहेको छ, दुई दिनको प्रवृत्तिलाई समग्रमा हेर्दा बजार प्रवृत्तिहिन रहेको छ।

बजार प्रवृत्तिहिन रहेकोले २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले दिएको संकेत प्रभावकारी देखिन्दैन। रिलेटिभ स्टे«न्थ इन्डेक्स (आरएसआई) ४१ दशमलब २३ अंकमा रहेको छ। आरएसआई र स्टोकास्टिक अक्सिलेटरले दिएको संकेत हाल प्रभावकारी देखिन्दैन।

निश्कर्ष

माथि उल्लेखित छोटो समयावधिको नेप्से प्रवृत्ति र सूचकहरुलाई समग्रमा हेर्दा यदि बजार ११५५ भन्दा माथि स्थिर रहेमा बजार  केहि सकारात्मक हुन सक्ने संकेत गर्दछ र अर्को तत्कालिन प्रतिरोध ११८० को क्षेत्रमा रहेको देखिन्छ। त्यस्तै यदि बजार ११३५ भन्दा तल स्थिर रहेमा बजार अझ केहि सच्चिन सक्ने देखिन्छ र अर्को तत्कालिन टेवा ११२० मा रहेको देखिन्छ। 

प्रकाशित मिति: १७:५२ बजे, बुधबार, असोज २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्