Kathmandu Press

शेयर बजारमा सामान्य सकारात्मक संकेत

काठमाडौं, असोज २८ : साताको दोश्रो कारोवार दिन मंगलबार नेप्से परिसूचक ५ दशमलव ०८ अंकले बढेर ११४२ दशमलव ०४ को विन्दुमा पुगेको छ।

बजारको उच्च व....

शेयर बजारमा सामान्य सकारात्मक संकेत

काठमाडौं, असोज २८ : साताको दोश्रो कारोवार दिन मंगलबार नेप्से परिसूचक ५ दशमलव ०८ अंकले बढेर ११४२ दशमलव ०४ को विन्दुमा पुगेको छ।

बजारको उच्च विन्दु र अन्तिम विन्दु एउटै भएकोले यसलाई प्राय सकारात्मक मानिन्छ। दोश्रो बजार परिसूचकमा ० दशमलव ४५ प्रतिशतकोे बृद्धि देखिएको छ। दोश्रो बजार ११३८ दशमलव ३८ को विन्दुमा खुलेको थियो भने ११४२ दशमलव ०४ को उच्च विन्दुसम्म पुगेको थियो। 

आज बजारको न्यून विन्दु ११३५ दशमलव ८६ थियो। आज २२ करोड २४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। 

Hardik ivf

आजको बजारको अवस्था 

आज सर्वाधिक कारोवार हुने 

आज सबै भन्दा धेरै सिद्धार्थ बैंकको शेयर किनबेच भएको छ। सिद्धार्थ बैंकको ४ करोड ७ लाख बराबरको शेयर किन बेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 

आज आरएमडीसी लघुवित्तका शेयरधनीले सर्वाधिक ५ दशमलब ९३ प्रतिशतले कमाए भने सिटी एक्सप्रेस फाइनान्सका शेयरधनीले सर्वाधिक ५ दशमलव ८८ प्रतिशतले गुमाए। 

प्राविधिक बिश्लेषण 

चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार बजार घट्दो प्रवृत्तिमा रहेको र हाल माथिल्लो प्रवृत्ति रेखालाई पुन सामना गरि रहेको देखिन्छ। आजको मैनबत्तीले बजारमा केहि मात्रामा क्रेता सकृय रहेको संकेत गरेको छ। आजको परिमाण भने सामान्य रहेको देखिन्छ।

चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, विगत दुई कारोबार दिनदेखि बजारको उतारचढाब कस्तो रह्यो भनि हेर्नलाई ५ मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। हिजो घट्दो प्रवृत्तिमा रहेको बजार आज बजार केहि सकारात्मक हुन खोजेको देखिन्छ। 

२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरु गोल्डन क्रस बनाएको छ, यसले बजार केहि समयलाई सकारात्मक हुन सक्ने संकेत गर्दछ।  रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ७३ दशमलब ५९ अंकमा रहेको छ। कारोबारको अन्तिम समयमा आरएसआई र स्टोकास्टिक अक्सिलेटरले बजारमा शेयर बढी खरिद भएको संकेत गरेको छ।

निश्कर्ष  
माथि उल्लेखित छोटो समयावधिको नेप्से प्रवृत्ति र सूचकहरुले बजार  केहि सकारात्मक हुन सक्ने संकेत गरेको छ र समग्रमा हेर्दा यदि बजार ११४० भन्दा माथि स्थिर रहेमा बजारले  ११५० देखि ११५५ को क्षेत्रलाई प्रतिरोधको रुपमा सामना गर्नु पर्ने देखिन्छ। हालको सामान्य टेवा ११३० देखि ११३५ को क्षेत्रमा रहेको देखिन्छ। 


 

प्रकाशित मिति: १८:०१ बजे, मंगलबार, असोज २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्