दशैँपछि खुलेको पहिलो दिनै शेयरबजार ओरालाे
काठमाडौं, असोज २७ : दशैंपछि खुलेको पहिलो पहिलो कारोवारमै नेप्से परिसूचक १२ दशमलव ०५ अंकले घटेको छ।
सोमबार नेप्से ११३६ दशमलव ९६ को विन्....
काठमाडौं, असोज २७ : दशैंपछि खुलेको पहिलो पहिलो कारोवारमै नेप्से परिसूचक १२ दशमलव ०५ अंकले घटेको छ।
सोमबार नेप्से ११३६ दशमलव ९६ को विन्दुमा पुगेको छ। बजारको न्यून विन्दु र अन्तिम विन्दुमा खासै धेरै अंकको फरक नभएकोले यसलाई प्राय सकारात्मक मानिन्दैन।
दोश्रो बजार परिसूचकमा १ दशमलव ०५ प्रतिशतकोे गिरावट देखिएको छ। दोश्रो बजार ११४९ दशमलव ०१ को विन्दुमा खुलेको थियो भने ११५१ दशमलव ५५ को उच्च विन्दुसम्म पुगेको थियो।
आज बजारको न्यून विन्दु ११३५ दशमलव ०४ थियो। आज २१ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
आजको बजारको अवस्था
आज सर्वाधिक कारोवार हुने कम्पनीहरु
आज सबै भन्दा धेरै प्रभु बैंकको शेयर किनबेच भएको छ। प्रभु बैंकको २ करोड ६५ लाख बराबरको शेयर किन बेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज राधी विद्युत कम्पनीका शेयरधनीले सर्वाधिक ५ दशमलब ८४ प्रतिशतले कमाए भने सिनर्जी पावरका शेयरधनीले सर्वाधिक ६ दशमलव ४९ प्रतिशतले गुमाए।
प्राविधिक बिश्लेषण
चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार बजार घट्दो प्रवृत्तिमा रहेको र हाल माथिल्लो प्रवृत्ति रेखालाई निश्चित रुपमा तोढ्न असफल रहेको देखिन्छ। यसले बजारमा नयाँ खरिदकर्ताहरु बजारबाट निरुत्साहित रहेको संकेत गर्दछ। आज वियरिस मैनबत्ती आकृति बनाएको छ, यसले बजारमा आज क्रेता हावी रहेको संकेत गरेको छ। आजको परिमाण सामान्य रहेको देखिन्छ।
चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, विगत दुई कारोबार दिनदेखि बजारको उतारचढाब कस्तो रह्यो भनि हेर्नलाई ५ मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। आज बजार घट्दो प्रवृत्तिमा रहेको देखिन्छ।
२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरु एकआपसमा फराकिलौ हुँदै गएकोले बजारमा विक्रेताको चाप रहेको संकेत गरेको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) २९ दशमलब ३९ अंकमा रहेको छ। कारोबारको अन्तिम समयमा आरएसआई र स्टोकास्टिक अक्सिलेटरले बजारमा क्रेताको चाप केहि मात्रामा रहेको संकेत गरे पनि निश्चित रुपमा बजार सकारात्मक हुन सक्ने संकेत गरेको छैन।
निश्कर्ष
माथि उल्लेखित छोटो समयावधिको नेप्से प्रवृत्ति र सूचकहरुले बजार घट्दो प्रवृत्तिमा रहेको संकेत गरेको छ। समग्रमा हेर्दा यदि बजार ११५५ भन्दा माथि स्थिर रहेमा बजार केहि सकारात्मक हुन सक्ने संकेत गर्नुका साथै अर्को तत्कालिन प्रतिरोध ११७० देखि ११८० को क्षेत्रमारहेको देखिन्छ। त्यस्तै, यदि बजार ११२० भन्दा तल रहेमा बजार अझ केहि सच्चिन सक्ने संकेत गर्दछ र अर्को तत्कालिन टेवा ११०० को क्षेत्रमा रहेको देखिन्छ।