Kathmandu Press

‘बाङ्देलको पुस्तक ‘द स्टोलन इमेजेज् अफ नेपाल’कै आधारमा चोरिएका केही मूर्ति फिर्ता भए’

इतिहासकार त्रिरत्न मानन्धर नेपालका सम्पदालाई विश्वकै सान मान्छन् । हाम्रा सांस्कृतिक सम्पदाको संरक्षण र संवर्द्धन हुन जरुरी छ,’ उनले भने, ‘हामीले हराएका वा चोरिएका मूर्ति खोज्न, पुरातात्विक सम्पदाको अनुसन्धान गर्न आवश्यक छ।’
‘बाङ्देलको पुस्तक ‘द स्टोलन इमेजेज् अफ नेपाल’कै आधारमा चोरिएका केही मूर्ति फिर्ता भए’

काठमाडाैं, वैशाख ५ : आज (अप्रिल १८) विश्व सम्पदा दिवस । विश्वभरका सम्पदा संरक्षणका लागि आवाज उठ्ने गरेको छ । सम्पदा संरक्षणको चेत भएकाहरू र सरोकार निकायले आज विभिन्न कार्यक्रम गरी मनाउने गर्छन्। 

विश्व सम्पदा दिवस सन् १९८२ देखि विश्वभर मनाउन थालिएको हो । त्यसअघि विश्व सम्पदा दिवसलाई ‘द इन्टरनेसनल डे फर मोनुमेन्ट्स एन्ड साइट्स’ भनिन्थ्यो । दिवसको स्थापना पनि ‘इन्टरनेसनल काउन्सिल फर मोनुमेन्ट्स एन्ड साइटस्’ ले गरेको थियो । सन् १९८२ पछि ‘विश्व सम्पदा दिवस’  (वर्ल्ड  हेरिटेज डे) भनी मनाउन थालिएको हो। 

‘३०–४० वर्ष अघिदेखि हामीकहाँ मूर्ति चोरी बढ्यो’

Hardik ivf

इतिहासकार त्रिरत्न मानन्धर नेपालका सम्पदालाई विश्वकै सान मान्छन् । हाम्रा सांस्कृतिक सम्पदाको संरक्षण र संवद्र्धन हुन जरुरी छ,’ उनले टेलिफोनमा भने, ‘हामीले हराएका वा चोरिएका मूर्ति खोज्न, पुरातात्विक सम्पदाको अनुसन्धान गर्न आवश्यक छ।’

३०–४० वर्ष अघिदेखि नेपालमा व्यापक रूपमा मूर्ति चोरी भइरहेको र ती मूर्ति विदेशी संग्रहालयमा देखिन थालेको उनी बताउँछन् । ‘ती मूर्ति अबका लागि नेपाल फिर्ता हुनुपर्छ,’ उनी भन्छन्, ‘कतिपय मूर्ति फिर्ता हुने क्रममा पनि छन् । यो आफैँमा सुखद विषय हो ।’

लैनसिङ बाङ्देलको पुस्तक ‘द स्टोलन इमेजेज् अफ नेपाल’कै आधारमा कतिपय मुर्ति फिर्ता भएको उनी बताउँछन् । 

पुस्तक, दस्ताबेजीकरण आदिका माध्यमबाट पनि सम्पदाको संरक्षणसँगै हिसाबकिताब राख्न सकिन्छ । मूर्ति तथा सम्पदा देशको गौरव र पहिचान भएकाले यिनको संरक्षणमा तीनै तहको सरकार र नागरिक सचेत हुनुपर्ने उनी बताउँछन् । ‘एक दिन दिवस मनाएर मात्रै हुँदैन, सम्पदा संरक्षणमा हामी सबै सधैँ लाग्नुपर्छ,’ उनले भने। 

सम्पदा संरक्षणमा भिजन

सम्पदा संरक्षणका एक अभियन्ता हुन्, यादवलाल कायस्थ । उनी विशेषतः हिटी (ढुंगेधारा) संरक्षणमा लागिरहेका छन् । योसँगै चोरी भएका मूर्ति फिर्ताका लागि पहल, सम्पदा संरक्षणमा सचेतना आदिमा उनी अग्रसर छन् । 

हामीकहाँ सम्पदा संरक्षणमा राज्य र नागरिकको चेतना र पहल नपुगेको उनी बताउँछन् । राज्यका सम्पदा लथालिंग रहेको प्रति उनी चिन्तित छन् । ‘हामी धेरै पर जानैपर्दैन, विश्वसम्पदा सूचीमा रहेको हनुमान ढोका दरबारलाई हेर्न सक्छौँ। उक्त क्षेत्र कति संरक्षित छ? त्यसले नै विश्वसूची सम्पदाको अनुमान लगाउन सकिन्छ,’ कायस्थ भन्छन्, ‘नेपालका अन्य मूर्त तथा अमूर्त सम्पदाको संरक्षण त टाढाको विषय हो ।’

विश्वसम्पदा क्षेत्र नाम मात्रमा सीमित रहेको उनी बताउँछन् । पछिल्लो समय हनुमान दरबार क्षेत्र पार्किङ स्थल बनिरहेकामा उनी दुःख व्यक्त गर्छन्। 

‘चुनाव नजिकिँदै जाँदा सबै उम्मेदवारले सम्पदा संरक्षणलाई एजेन्डा बनाउँछन् । यसअघिका उम्मेदवारको लागि पनि सम्पदा संरक्षण नारा बनेको थियो, तर काम केही हुन सकेन,’ उनी भन्छन्, ‘वास्तविक काम हामी गरिरहेका हुन्छाैँ । तर, हाम्रो कदर हुँदैन ।’

उनी विश्व सम्पदाको संरक्षण र व्यवस्थापनमा राज्य र सरोकारवाला निकायसँग स्पष्ट भिजन नदेखिएको उनी बताउँछन् । 
 

प्रकाशित मिति: १४:५४ बजे, सोमबार, वैशाख ५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्