Kathmandu Press

तस्बिरमा रातो मच्छिन्द्रनाथको महास्नान

वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको जात्रा प्रक्रिया प्रारम्भ भएको छ। रातो मच्छिन्द्रनागको जात्राको शुरुआतका रुपमा आइतबार महास्नान गरिएको...
तस्बिरमा रातो मच्छिन्द्रनाथको महास्नान
तस्बिरहरू: सुजल बज्राचार्य

काठमाडौं, वैशाख ५ : वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको आइतबार महास्नान गरिएको छ। यससँगै  रातो मच्छिन्द्रनाथको रथ निर्माण प्रक्रिया सुरू भएको छ। हरेक वर्ष मच्छिन्द्रनाथको रथजात्रा अघि मूर्तिलाई स्नान गराउने प्रचलन छ। 

महास्नानका लागि  मूर्तिलाई चाँदीको जलले स्नान गराइन्छ। त्यसपछि, गाईको दुध, ध्यु, सख्खर मिश्रित पानीले स्नान गराइन्छ। 
यस वर्ष २१ वैशाखबाट रातो मन्छिन्द्रनाथको रथजात्रा सुरू हुँदैछ। यसलाई नेपालको सबैभन्दा लामो रथ जात्राको रूपमा मानिन्छ। रथ जात्राको इतिहास करिब १६ सय वर्ष पुरानो छ।  

 विशेष जात्रा अवसरमा मात्र कुमारी घर बाहिर ल्याइने कुमारीलाई पनि महास्नानको दर्शन गराइन्छ। यस क्रममा पाटनकी कुमारी निहिरा बज्राचार्यले लगनखेलस्थित पाटीमा विराजमान गराइ स्नानको दर्शन गराइन्छ।

 

 

 

प्रकाशित मिति: ०८:०३ बजे, सोमबार, वैशाख ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्