Kathmandu Press

उपकार लघुवित्तले आइपिओ आजदेखि, चैत २९ सम्म आवेदन दिन सकिने

उपकार लघुवित्तले आइपिओ आजदेखि, चैत २९ सम्म आवेदन दिन सकिने

काठमाडौं, चैत २५ : उपकार लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आइपीओ) निष्काशन गरेको छ ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले २ करोड ३६ लाख २५ हजार रुपैयाँको २ लाख ३६ हजार २५० कित्ता आइपीओ निष्काशन गरेको हो । 

Hardik ivf

जसमा ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोष र तीन हजार २८१ कित्ता सेयर कर्मचारीका लागि छुट्याएको छ । बाँकी दुई लाख २१ हजार १५६ कित्ता सर्वसाधारणका लागि आवेदन खुला गरेको छ ।

उक्त आइपीओका लागि चैत २९ गतेसम्म आवेदन दिन सकिने छ । यस अवधिमा माग अनुसार आवेदन नपरेमा वैशाख ९ गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । सि–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले आइपीओलाई ‘इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ । यसको बिक्री प्रबन्धकमा नेपाल एसबीआई बैंकिङ रहेको छ ।
 

प्रकाशित मिति: ११:५१ बजे, शुक्रबार, चैत २५, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्