Kathmandu Press

असनमा पाँहाचह्रे जात्राकाे राैनक (तस्बिरहरू)

हरेक वर्ष घोडेजात्राको भोलिपल्ट तीन अजिमा अर्थात् लुमधि अजिमा, कंग अजिमा र तेबहाल अजिमालाई आ–आफ्नो ठाउँबाट बाजा गाजासहितको टोलीले खट जात्रा गरी असन पुर्‍याएर जात्रा मनाउने परम्परा छ।
असनमा पाँहाचह्रे जात्राकाे राैनक (तस्बिरहरू)

काठमाडाैं, चैत १९ : नेवार समुदायको चाडअन्तर्गत पाँहाचह्रेको तेस्रो दिन शनिबार असन जात्रा धुमधामका साथ मनाइएको छ। 

हरेक वर्ष घोडेजात्राको भोलिपल्ट तीन अजिमा अर्थात् लुमधि अजिमा, कंग अजिमा र तेबहाल अजिमालाई आ–आफ्नो ठाउँबाट बाजा गाजासहितको टोलीले खट जात्रा गरी असन पुर्‍याएर जात्रा मनाउने परम्परा छ।

तीन ठाउँबाट आएका अजिमा असनमा भेला गराई आपसमा घुमाइन्छ। यसक्रममा तीन दिदीबहिनीको रथ ठोक्काउने नभई एकअर्कालाई आदर र सम्मान गरिन्छ।

Hardik ivf

जसमा दियोसहितको चिलाख साटासाट गरिन्छ। यही चिलाख साटासाट गर्ने परम्परालाई असनमा रथ जुधाउने भन्ने प्रचलन रहिआएको हो। रथ असन चोक पुगेपछि घरघरबाट चामलको रोटी अर्थात् चटामरी फाल्ने चलन पनि छ।

यसरी फालिएको चटामरी फेला पार्नेलाई शुभ हुने जनविश्वास छ। यसक्रममा विशेष गरी असन र वरिपरि घरका चेलीबेटीलाई पाहुना बोलाई भोज खुवाउने चलन छ।

असनमा चिलाख साटासाट गरेपछि तीन वटै अजिमा आ–आफ्नो स्थानमा लगिन्छ । यसै अवसरमा काठमाडौंका विभिन्न स्थानमा अन्य देवीदेवताको खट जात्रा गरी पाँहाचह्रे पर्व मनाउने चलन छ।

 

 

 

प्रकाशित मिति: १८:२७ बजे, शनिबार, चैत १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्