Kathmandu Press

तस्बिरमा पाहाँचह्रे जात्राको रौनक

काठमाडौँ, चैत १८ : चैत कृष्ण चतुर्दशीदेखि काठमाडौं उपत्यका तथा नेपाल मण्डलमा विशेषतः  मनाइने जात्रा हो, पाहाँचह्रे जात्रा । चतुर्दशीदेखि मनाइने यस जात्रा तीन...
तस्बिरमा पाहाँचह्रे जात्राको रौनक

काठमाडौँ, चैत १८ : चैत कृष्ण चतुर्दशीदेखि काठमाडौं उपत्यका तथा नेपाल मण्डलमा विशेषतः  मनाइने जात्रा हो, पाहाँचह्रे जात्रा । चतुर्दशीदेखि मनाइने यस जात्रा तीन दिन चल्ने गर्छ । काठमाडौँका नेवार समुदायको एक विशेष र ठूलो जात्रा मध्य एक हो, पाहाँचह्रे जात्रा।

नेपाल भाषामा ‘पाहा’ को अर्थ ‘पाहुना’ र ‘पासा’ को अर्थ ‘साथी’ हो । त्यस्तै, चह्रे को अर्थ भने, चन्द्र मासको क्यालेन्डर अनुसारको चौधाैं दिन हो । चैत कृष्णको चतुर्दशीमा यसकै कारण पनि पाहाँचह्रे मनाइन्छ । जात्रामा आफ्नो विवाहित छोरी, ज्वाइदेखि साथीभाइलाई पनि भोजका लागि मिलाइन्छ।

Hardik ivf

 

जात्रामा अजिमाहरूको खट पनि जुधाउने गरिन्छ । जात्राको दोस्रो दिन (घोडेजात्रा)को रातमा टुडिखेल र तेस्रो अन्तिम (घोडेको भोलि पल्ट) दिन खट जुधाउने चलन रहेको छ।

 

जानकारहरूका अनुसार, राजा गुणकाम देवले कान्तिपुरको निर्माण गरिसके पछि नगरको सुरक्षार्थ आठ वटा अजिमाहरूलाई जिम्मा लगाएको थिए । नगर सुरक्षार्थ खटिएका  अजिमाको अनुष्ठान् स्वरुप जात्रामा खट जुधाइन्छ।

खट जुधाइमा भने विशेषः लुमति अजिमा, नई अजिमा र कंग अजिमाको खट जुधाइन्छ । खट जुधाउने क्रममा एक अर्कोलाई  चिलागं (आगोको लाप्का) आपसमा साटासाट गरिन्छ।

 


 

प्रकाशित मिति: १८:४९ बजे, शुक्रबार, चैत १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्