Kathmandu Press

बलेफी हाइड्रोपावरकाे आइपिओ आजदेखि खुला

काठमाडौं, चैत ८ : बलेफी हाइड्रोपावर लिमिटेडले आज (बुधबार) देखि आइपिओ खुलाएको छ।कम्पनीले प्रतिकित्ता रु. १०० अंकित मूल्यमा १८ करोड २७ लाख ९७ हजार...
बलेफी हाइड्रोपावरकाे आइपिओ आजदेखि खुला

काठमाडौं, चैत ८ : बलेफी हाइड्रोपावर लिमिटेडले आज (बुधबार) देखि आइपिओ खुलाएको छ।

कम्पनीले प्रतिकित्ता रु. १०० अंकित मूल्यमा १८ करोड २७ लाख ९७ हजार मूल्य बराबरको १८ लाख २७ हजार ९७० कित्ता आइपिओको बिक्री खुला गरेका हो।

Hardik ivf

आइपिओका लागि आवेदन दिने मिति छिटोमा चैत २१ गते ताेकिएकाे छ। सो अवधिमा मागबमोजिम आवेदन नपरे चैत ३० गतेसम्मकाे समय ताेकिएकाे छ।

आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म सेयर खरिदका लागि आवेदन दिन पाउनेछन्।

निष्कासित आइपिओमध्ये ४ प्रतिशत अर्थात् ७३ हजार ११९ कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशत अर्थात् ९१ हजार ३९८ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता सेयर सर्वसाधारणलाई छुट्ट्याइएको छ।

यसअघि कम्पनीले सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाका लागि सेयरको निष्कासन तथा बिक्री खुला गरी बाँडफाँटसमेत गरिसकेको छ। 

निष्कासित सेयरमा नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरोसेयर’ प्रयोग गरेर पनि सर्वसाधारणले आवेदन दिन सकिने व्यवस्था रहेको कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ।

कम्पनीले हाल सिन्धुपाल्चोकको जुगल गाउँपालिका क्षेत्रमा पर्ने बलेफी खोलामा कुल ३६ मेगावाट क्षमताको बलेफी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ। कम्पनीले आयोजना निर्माणको कूल अनुमानित लागत सात अर्ब ६५ करोड हुने जनाएको छ। 

प्रकाशित मिति: १३:२९ बजे, बुधबार, चैत १६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्