Kathmandu Press

सिवाईसी नेपाल लघुवित्त र रिभर फल्स पावरलाई आइपिओ बिक्री अनुमति

सिवाईसी नेपाल लघुवित्त र रिभर फल्स पावरलाई आइपिओ बिक्री अनुमति

काठमाडौं, चैत १० : सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र रिभर फल्स पावर लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति पाएका छन्। 

सिवाईसीले चैत ९ गते र रिभर फल्सले चैत १० गते आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका हुन्।

Hardik ivf

धितोपत्र बोर्डले अनुमति दिएकाले सिवाईसी नेपाल लघुवित्तले ३ लाख ९५ हजार ३३६ कित्ता र रिभर फल्सले ३४ लाख ३० हजार कित्ता आईपीओ बिक्री गर्नेछन्। 

सिवाईसीको आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड र रिभर फल्सको प्रभु क्यापिटल लिमिटेड रहेका छन्।
 
बागलुङमा केन्द्रीय कार्यालय रहेको सिवाईसीको ८ करोड २१ लाख ८ हजार र काठमाडौंमा केन्द्रीय कार्यालय रहेको  रिभर फल्सको ३५ करोड ७० लाख हाल चुक्तापूँजी रहेको छ।

प्रकाशित मिति: १७:१० बजे, बिहीबार, चैत १०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्