Kathmandu Press

अपि पावर कम्पनीले चैत २५ देखि हकप्रद सेयर निष्कासन गर्ने

काठमाडाैं, चैत ९ : अपि पावर कम्पनी लिमिटेडले चैत २५ देखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर...
अपि पावर कम्पनीले चैत २५ देखि हकप्रद सेयर निष्कासन गर्ने

काठमाडाैं, चैत ९ : अपि पावर कम्पनी लिमिटेडले चैत २५ देखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ। 

कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.३९ कित्ता सेयरको अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो।

Hardik ivf

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका दरले १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर जारी गर्नेछ।

हकप्रद निष्कासनका लागि कम्पनीले चैत १४ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। चैत १३ सम्म नेप्सेमा कारोबार भई कायम यस कम्पनीका सेयरधनीले मात्र उक्त हकप्रदमा आवेदन दिन पाउनेछन्।

उक्त हकप्रद सेयरमा मुक्तिनाथ क्यापिटल तथा मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकका विभिन्न शाखाबाट आवेदन दिन सकिने कम्पनीले जनाएकाे छ। यसका साथै मेरो सेयर सफ्टवेयरमार्फत वैशाख १५ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति: १६:३३ बजे, बुधबार, चैत ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्